काठमाडौं– फिल्म 'जात्रा'को सिक्वेल ‘जात्रै जात्रा’ निर्माण घोषणा भएको छ। बिहीबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक रुपमै निर्माणकाे घोषणा गरिएको हो। २ बर्ष अघि नेपाली फिल्म बजारमा सुपरहिट बन्न सफल 'जात्रा'को सिक्वेल ‘जात्रै जात्रा’मा प्रदिप भट्टराईकै लेखन तथा निर्देशन रहने छ।
_x000D_
_x000D_
‘जात्रै जात्रा’मा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, वर्षा राउत, प्रकाश घिमिरेलगायतका कलाकारहरुको अभिनय रहने छ। जो फिल्म ‘जात्रा’मा पनि मुख्य भूमिकामा देखिएका थिए। सिंगे लामा र यादव पौडेलको लगानी रहने फिल्ममा कलाकार बानिया कार्यकारी निर्माता रहेका छन्।
_x000D_
_x000D_
अब बन्ने ‘जात्रै जात्रा’ फिल्म ‘जात्रा’ कै कथावस्तुसँग जोडिएर निर्माण हुने छ। कार्यक्रममा फिल्मका निर्देशक भट्टराईले भने, ‘हामीले जात्रालाई जहाँ छोडेका थियौं, त्यहीँबाट ‘जात्रै जात्रा’ सुरु हुनेछ। तर, ‘जात्रा’मा कलाकारहरु पैसाका पछिमात्र दौडिएका थिए भने 'जात्रैजात्रा'मा भने अन्य कथावस्तु पनि समेटिएको छ।’
_x000D_
_x000D_
‘जात्रा’ प्रदर्शनमा आएको लामा समयपछि मात्र ‘जात्रै जात्रा’ निर्माणको औपचारिक घोषणा भएकाे हाे। यसको कारण बताउँदै फिल्मका कलाकार रविन्द्र सिंह बानियाँले भने,‘जात्राले दर्शकमाझ राम्राे छाप छाेडेकाे थियाे। यसले गर्दा सिक्वेल त्यो भन्दा राम्रो बनाउने चुनौती थपिएको थपिएकाे थियाे। जसले गर्दा फिल्मको स्क्रिप्टमा लामो समय मेहनत गर्नुपर्यो। त्यसैले कथावस्तु तयार हुनसाथ निर्माणकाे घोषणा गरेका हौं।'
_x000D_
_x000D_
३५ दिन लामो छायांकन समय तालिका तय गरेको फिल्म काठमाडौं र पोखराका विभिन्न स्थानमा छायांकन गरिने छ। फिल्म निर्माण घोषणासँगै प्रदर्शन मिति पनि एकसाथ घोषणा गरिएको छ।
_x000D_
_x000D_
जसअनुसार फिल्म फागुन ७ गतेबाट प्रदर्शनमा आउने छ। उक्त दिन अभिनेता अनमोल केसीको अभिनय रहेको फिल्म ‘क्याप्टेन’पनि प्रदर्शनमा आउने तय भएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।