बुटवल– राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्ति प्रक्रिया रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।
उच्च अदालत तुलसीपुरका मुख्यन्यायाधीश राजेश्वर तिवारीको एकल इजलासले यस्तो आदेश दिएको सूचना अधिकारी कृष्णप्रसाद शर्माले जानकारी दिए।
स्वास्थ्य मन्त्रालयले प्रतिष्ठानको उपकुलपति नियुक्ति गर्न मंसिर २५ गते सूचना जारी गरेको थियो।
शर्माका अनुसार प्रतिष्ठानका निमित्त निर्देशक जनार्दन पन्थीले दायर गरेको रिटमा पुस ८ गते छलफलका लागि दुवै पक्षलाई बोलाउने आदेश दिएको छ।
उनले ८ गतेसम्म नियुक्तिको प्रक्रिया अघि नबढाउन र अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने बारे आगामी पेशिमा छलफल पछि मात्रै थाहा हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।