जनकपुरधाम– सर्लाहीमा चुरे क्षेत्रको करिब ४० बिघामा अवैध रुपमा लगाइएको गाँजाको बोट फँडानी गरिएको छ।
आइतबार बिहान करिब साढे ११ बजेको समयमा लालबन्दी नगरपालिका १४ स्थित माईस्थान लगायत आसपासको क्षेत्रमा लगाइएको प्रतिबन्धित गाँजाको बोट फडानी गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईले करिब दुई लाख गाँजाको बोट फडानी गरिएको बताए।
जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी लगायत माहतह प्रहरी कार्यालयबाट एक सयजना र सशस्त्र प्रहरी सुरक्षा बेस हरिवन सर्लाहीबाट ३० जना गरि १३० जनाको संयुक्त टोलीले अवैध रुपमा लगाइएको गाँजाको बोट फडानी गरेको प्रवक्ता राईले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।