हेटौँडा– हेटौँडा बजार क्षेत्रको सडक विस्तारविरुद्ध सर्वोच्च अदालतमा दायर भएको मुद्दाको पेसी चढेको छ ।
सर्वोच्च अदालतको इजलास नम्बर २ मा उक्त मुद्दाको पेसी तोकिएको हो ।
डिभिजन सडक कार्यालय हेटौँडाको निर्णयविरुद्ध विन्दवासिनी कंसकार समेतले १६ मङ्सिरमा दायर गरेको रिट निवेदनमाथि आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । सर्वोच्चको दैनिक पेसी सूचीअनुसार उक्त मुद्दाको सुनुवाइ न्यायाधीश कुमार रेग्मी र न्यायाधीश महेश शर्मा पौडेलको संयुक्त इजलासमा तोकिएको छ ।
रास्वपा नेतृ एवम् पूर्वसांसद विन्दवासिनी कंसकार समेत ६ जनाले डिभिजन सडक कार्यालय हेटौँडा, मकवानपुर सहितका निकायलाई विपक्षी बनाएर दायर गरेको उक्त मुद्दामा मङ्सिर १९ मा उत्प्रेषण आदेश गरेको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।