काठमाडौँ – सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त सम्झौता अनुमोदन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिए ।
उक्त सम्झौतालाई राजपत्रमा प्रकाशित गर्ने निर्णय पनि भएको उनले बताए ।
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच हिजो राति १० बुँदे सहमति भएको थियो।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनमा सहादात प्राप्त र घाइते प्रतिनिधिका तर्फबाट भोजविक्रम थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।