काठमाडौँ– प्रभु बैंकका एक सञ्चालकले राजीनामा दिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरिरहेकै समयमा सञ्चालक सुरज कुमार श्रेष्ठले राजीनामा दिएका हुन् ।
बैंकका प्रवक्ता रवीन्द्र ढकालका अनुसार उनले दिएको राजीनामा बुधवार बसेको सञ्चालक समिति बैठकले स्वीकृत समेत गरिसकेको छ ।
सीआईबीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनसहित नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेल र प्रमुख कर्जा अधिकृत रिवास श्रेष्ठलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
बुधवार बैंकका रेमिट्यान्स विभाग प्रमुख सुगेन (सुजिन)शाक्यलाई पनि सीआईबीले पक्राउ गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।