काठमाडौँ– बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले आन्दोलनरत जेन जेड युवालाई वार्ताको आह्वान गरेका छन्।
जेन जेड अगुवा सम्राट उपाध्यायलाई टेलिफोन गरी प्रजिअ मिश्रले संवादबाटै समस्याको समाधान गर्नु पर्ने भन्दै वार्तामा बस्न आह्वान गरेका हुन्।
संवादबाटै समाधान खोज्नुपर्छ भनेर आफूहरूले टेलिफोन गरेको प्रजिअ मिश्रले बताए। उनले भने, ‘आन्दोलनरत जेन जेड अगुवालाई टेलिफोन गरेर बताएका लागी बोलाएका छौँ, हामी पर्खिरहेका छौ आउने बित्तिकै वार्ता सुरु हुन्छ।’
त्यस्तै प्रस्तावमाथि आन्दोलनरत जेनजी युवाहरूले सडकमै छलफल गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बाराले संवादबाटै समाधान निकाल्न सकिने भन्दै आन्दोलनरत पक्षसँग वार्ताको आह्वान गरेको थियो। प्रशासनको आह्वानपछि के गर्ने भन्नेबारे निर्णय गर्न आन्दोलनरत युवाहरू सिमरा चोकस्थित मुख्य सडकमै छलफलमा बसेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।