काठमाडौँ – प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका मोटरसाइकल तथा स्कूटरहरू सवारी धनीलाई हस्तान्तरण गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले विसं २०८१/८२ मा हराएका ५० वटा मोटरसाइकल तथा स्कूटरहरू सवारी धनीलाई हस्तान्त्रण गरेको हो। जसमा कतिपय प्रहरीहरूकै सवारी साधन पनि रहेका छन्।
हस्तान्तरण गरिएका साधनहरू कतिपय राम्रो अवस्थामा छन् भने कतिपयका पार्टपूर्जा निकालिएको र नचल्ने अवस्थामा रहेको पाइएको छ।
हराएको आफ्नो सवारी साधन पाउँदा सवारी धनीले ट्राफिक प्रहरीलाई खादा लगाइदिँदै धन्यवाद व्यक्त गरेका छन्। कतिपयले खुसीले केक समेत काटेर खुवाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।