काठमाडौं– जेनजी आन्दोलनका अगुवा सुधन गुरुङले जेनजी आन्दोलनको भावना अनुसार चल्न नसके मार्गप्रसस्त गर्न गृहमन्त्री ओमप्रकाश अर्याललाई सुझाव दिएका छन्।
काठमाडौं महानगरले लैनचौरस्थीत स्काउटको जग्गामा बनाइएका संरचना भत्काउने क्रममा सोहि स्थानमा पुगेका गुरुङले जेनजी आन्दोलनको भावना अनुसार अघि बढ्न गृहमन्त्रीले खुट्टा कमाइरहेको भन्दै त्यस अनुसार चल्न नसके मार्गप्रसस्त गर्न गृहमन्त्री अर्याललाई सुझाव दिएका हुन्।
अहिले जेनजी आन्दोलनको भावना अनुसार काम गर्ने मन्त्रीहरुको आवश्यकता रहेको उनले बताए। उनले गृहमन्त्री बाहेक अन्य मन्त्रीहरुले भने जेनजी आन्दोलनको भावना अनुसार काम गरिरहेको जिकिर गरे। शिक्षा, स्वास्थ लगाएत क्षेत्रमा चरम भ्रष्टाचार भएकाले सवै मिलेर अव भ्रष्टाचार मुक्त देश बनाउनुपर्ने बताए।
उनले सरकारी जग्गा हडपेर बनाएर संरचना हटाएर जनता र राज्यलाई न्याय दिइएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।