काठमाडौँ– गृहमन्त्री ओमप्रकाश अर्यालले प्रहरी महानिरीक्षक चन्द्र कुवेर खापुङको बिदाइ गरेका छन्।
बुधवार मन्त्रालयमा आयोजित कार्यक्रममा अर्यालले उनलाई बिदाइ गरेका हुन्।
३० वर्षे सेवा अवधि पुरा गरेर खापुङ आजबाट अवकाशमा जाँदै छन्। प्रहरी प्रधान कार्यालयले बुधवार साँझ उनको बिदाइ कार्यक्रम आयोजना गरेको छ।
भदौ १९ बाट प्रहरीको कमाण्ड समालेका खापुङले आईजीपी भएको पाँचौँ दिनमा नै जेनजी प्रदर्शनको मार खेपेका थिए।
मन्त्रिपरिषद्ले कार्तिक २७ बाट लागु हुने गरी ३३ औँ आईजीपीमा दान बहादुर कार्कीलाई नियुक्त गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।