काठमाडौं– गायक शिव परियारले दर्शक स्रोतामाझ नयाँ सांगीतिक कोसेली ‘सुनको माया’ बोलको गीत बजारमा ल्याएका छन्। श्वेता मैनालीको शब्द रहेको गीतमा गायक शिवकै संगीत रहेको छ।
_x000D_
_x000D_
'डान्सिङ जनरा'को उक्त गीतलाई परियारले बुधबार आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका हुन्। उनले आफ्ना शुभचिन्तकहरुका लागि दशैं उपहारस्वरुप गीत सार्वजनिक गरेकाे जानकारी दिए।
_x000D_
_x000D_
‘सुनको माया’बोलको गीत परियारको ११औं एल्बम ’शिवालय’मा समावेस गरिएकाे गीत हो। उनले सार्वजनिक गीत आफ्ना यसअघिका गीतहरुभन्दा फरक रहेको उल्लेख गर्दै दर्शक स्रोताहरुका लागि फरक स्वाद हुने विश्वास व्यक्त गरे।
_x000D_
_x000D_
गीतको म्युजिक भिडियोमा मोडल तथा अभिनेत्री एलिसा राई र अनुराग ठकुरीको अभिनय रहेको छ। विकास सुवेदीको निर्देशनमा तयार भिडियोमा अनिल कुमार मानन्धरकाे छायांकन छ भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन्।
_x000D_
_x000D_
भिडियो:
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।