काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अब नेपालमा सामाजिक सञ्जाल बन्द नहुने स्पष्ट पारेका छन्।
बुधबार सिंहदरबारमा डिजिटल सञ्चारमाध्यम आबद्ध विभिन्न संघ संस्थासंस्थाहरुसँगको छलफलका क्रममा मन्त्री खरेलले सामाजिक सञ्जाल अहिलेको नयाँ मूलधारको सञ्चारमाध्यम भएकाले सामाजिक सञ्जाललाई बन्द नगर्ने स्पष्ट पारे।
सामाजिक सञ्जाललाई व्यवस्थित र जिम्मेवार बनाउने काममा सरकारलाई सरोकारवाला सबैले साथ दिनुपर्ने उनले बताए।
मन्त्री खरेलले नयाँ मूलधारको सञ्चारमाध्यमलाई सरकारले चिनेको भन्दै सदैव प्राथमिकतामा राख्ने उल्लेख गरे। उनले अनलाइन सञ्चारमाध्यमको नवीकरण र दर्ता सूचना विभागबाटै सुरु गर्न मन्त्रिपरिषद्मा नियमावली पेस गरी पारित हुने जानकारी दिए।
छलफलका क्रममा अनलाइन टिभी सञ्चालकका साथै डिजिटल सञ्चार माध्यममा प्रतिनिधिहरूले राज्यले आफूहरूलाई प्राथमिकतामा नराखेको गुनासो गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।