काठमाडौं– बंगालको खाडीमा विकसित अर्को चक्रवात ‘मोन्था’को प्रभाव नेपालमा बिहीवारदेखि पर्ने भएको छ।
जसले बिहीवारदेखि बागमती, मधेशप्रदेश र कोशी प्रदेशलाई प्रभावित पार्ने छ। अहिले अरब सागरबाट विकसित प्रणाली भने कमजोर भएको छ।
अब आउने प्रणालीले बाटोघाटो र नदीनालामा समेत प्रभावित पार्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
यसले १३ गते बिहीवार दिउँसोदेखि १५ गते शनिवार बिहानसम्म नेपालको बागमती मधेश र कोशी प्रदेशको मौसम प्रभावित बनाउने जनाइएको छ।
विशेषगरि बागमती प्रदेशका काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पांचथर, तेहथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरुमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।