काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको कमलपोखरीमा गएर छठ पर्वको पूजाआजामा सरिक भएकी छन् । त्यस क्रममा उनले कमलपोखरीमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएकी छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गुह्वेश्वरी पुगेर सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका थिए ।
छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यको पूजा गरी अर्घ्य दिन काठमाडौंका विभिन्न पोखरी र नदी किनारका छठ घाट भव्य रूपमा सजाइएको छ ।
प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाट, कमलपोखरी, थापाथलीलगायत काठमाडौं उपत्यकाका अन्य स्थानमा पनि भव्य रूपमा मनाउने गरिन्छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।