काठमाडौं– हेमन्त थापागरले पेनाल्टी 'मिस' गर्दा नवप्रवेशी च्यासल युथ क्लबले सहिद स्मारक 'ए' डिभिजन लिगमा विजयी सुरुवात गर्ने मौका गुमाएको छ। बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा तीन जना राष्ट्रिय खेलाडीको साथ पाएको च्यासललाई मच्छिन्द्र फुटबल क्लबले गोलरहित बराबरीमा रोकेको हो।
_x000D_
_x000D_
च्यासलले पहिलो हाफमा एउटा अवसर गुमाएको थियो। मच्छिन्द्रले भने सम्झनलायक कुनै आक्रमण गर्न सकेन। दोस्रो हाफमा पनि च्यासलले मच्छिन्द्रलाई दबाबमा राख्यो। ७५ मिनेटमा मच्छिन्द्रले च्यासलका विमल घर्तीमगरलाई डिबक्सभित्र फउल गरेको थियो। त्यसपछि च्यासलले पेनाल्टीको अवसर पायो। प्राप्त अवसरमा हेमन्तको पेनाल्टी प्रहारलाई मच्छिन्द्रका गोलकिपर दीप कार्कीले दायाँतर्फ डाइब गर्दै बचाएका थिए।
_x000D_
_x000D_
च्यासलबाट राष्ट्रिय टिमका फरवार्ड विमल घर्तीमगर, मिडफिल्डर हेमन्त थापामगर र देवेन्द्र तामाङ मैदान उत्रिएका थिए। यस्तै गौरव बुढाथोकी, छिरिङ तामाङ, अमिर श्रेष्ठ र गोलकिपर दिनेश थापा पनि च्यासलको टिममा छन्। चारै जना नेपालको उमेर समूहबाट खेलिसकेका खेलाडी हुन्।
_x000D_
_x000D_
लिगमा अब बिहीबार फ्रेन्ड्स क्लब र थ्रीस्टार क्लबबीच पहिलो खेल हुनेछ। दोस्रो खेलमा जवालखेल युथ क्लब र नेपाल पुलिस क्लबले प्रतिस्पर्धा गर्नेछन्।
_x000D_
_x000D_
असोज १३ गते भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र न्यूरोड टिमले २–२ को बराबरी खेल्दै अंक बाढेका थिए। अर्को खेलमा संकटाले सरस्वती युवा क्लबलाई १–० गोलले पराजित गरेको थियो। लिगमा ३ अंकसहित संकटा शीर्ष स्थानमा छ।
_x000D_
_x000D_
खेलको भिडियो :
_x000D_
_x000D_
_x000D_
_x000D_
_x000D_
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।