रौतहट- रौतहटमा पानीमा डुबेर तीन बालिकाको ज्यान गएको छ।
गौर नगरपालिका–१ स्थित सीमा क्षेत्र नजिक घाँस लिन गएका बेला पानीमा डुबेर तीन बालिकाको ज्यान गएको हो।
मृत्यु हुनेमा राजदेवी नगरपालिका–८ की १३ वर्षीया आस्था कुमारी बैठा, १५ वर्षीया रागनी यादव र मौसमी बैठा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
सात जनाको समूहमा घाँस लिन गौरतर्फ गएकी उनीहरू मध्ये चार जनालाई स्थानीयवासीले ज्यान बचाउन सफल भए पनि तीन जना बेपत्ता भएका थिए।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले खोजी कार्य सञ्चालन गरी ती तीनै बालिकाको शव फेला पारेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। हाल मृतक बालिकाहरूको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।