काठमाडौं–एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालका उपाध्यक्ष महाराज गुरुङले काठमाडौँ महानगरका मेयर बालेन साहविरुद्ध नेपो बेबी ट्रेन्ड चलाउनुपर्ने बताएका छन् ।
बुधबार एमाले पार्टी कार्यालयमा युवा संघका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा गुरुङले बालेनका गतिविधि र उनको सम्पत्तिमाथि छानबिन हुनुपर्ने बताए ।का हुन
‘भ्रष्टाचार अन्त्य गरेर जाने हो भने राष्ट्रिय युवा सङ्घ नेपालले पनि अव बालेन शाह र उनका बाबुको सम्पत्ति छानबिन गर्ने, हामी नेपाल संस्थाको कति सम्पत्ति आयो ?आम्दानी कति छ ? त्यो सोच्छौ’, उनले भने, ‘देशलाई भड्खालोमा हाल्ने बालेनबारे हामी सोच्छौ ।’
उनले वर्तमान सुशीला कार्की नेतृत्वको सरकार स्वतन्त्र र निष्पक्ष चुनाव गराउनेतिर नलागेको भन्दै यदि सरकारले निष्पक्ष चुनाव गराउने हो भने अहिलेका प्रधानमन्त्री र मन्त्री जहाँबाट चुनाव लड्छन् आफू त्यहीबाट निर्वाचन लड्ने चेतावनी दिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।