काठमाडौं– इलाममा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । शनिबार राति गएको पहिरोमा परी इलाम नगरपालिका-६ घोसमा मात्रै ६ जनाको ज्यान गएको छ ।
यस्तै, देउमाई नगरपालिकामा २, सन्दकपुर गाउँपालिकामा ३, माइजोगमाई गाउँपालिकामा ८, माङसेबुङ गाउँपालिका-१ पाटीगाउँमा ३, फाकफोकथुम गाउँपालिका-१ रातमाटेमा १ र सूर्योदय-१ मानेभञ्ज्याङमा ५ जनाको ज्यान गएको प्रहरीले जनाएको छ ।
विभिन्न स्थानमा गएको पहिरोले इलाममा मात्रै १२ जनाभन्दा धेरै बेपत्ता भएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन् । उनका अनुसार पहिरोले दर्जनौं घरमा क्षति पुर्याएको छ ।
यसैबीच, माङसेबुङ गाउँपालिका–१, गजुरमुखीमा पहिरोका कारण गम्भीर घाइते दुईजनाको हवाई उद्धार गरिएको छ । नेपाली सेनाको इटहरी बेसबाट परिचालित हेलिकोप्टरले एक गर्भवती र एक पुरुषको उद्धार गरेको नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।