विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव निरन्तर बढ्दै गएको छ । शनिवार साँझबाट बढ्न थालेको पानीको बहावले खतराको तह भन्दा धेरै माथि पुगेको सुनसरी प्रहरीले जनाएको छ ।
कोशी ब्यारेजमा मापन गरिए अनुसार सप्तकोशीमा अहिले ४ लाख ८६ हजार ७६० क्युसेक पानी प्रति सेकेन्ड बगिरहेको छ ।
पहाडी जिल्लाहरूमा निरन्तर पानी परिरहेकाले पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ पानीको बहाव बढेसँगै कोशी ब्यारेजका सबै ५६ वटा ढोका खोलिएको छ ।
गत वर्ष पनि असोजमा सप्तकोशीमा पानीको बहाव अत्यधिक पुगेको थियो । गत वर्ष सप्तकोशीमा गत वर्ष पानीको बहाव ५ लाख ५७ हजार क्युसेक पुगेको थियो ।
अहिले ब्यारेज हुँदै चल्ने सवारीका साधन सञ्चालमा रोक लगाइएको छ । कोशी ब्यारेज हुँदै पूर्व पश्चिम राजमार्गमा सवारी साधन सञ्चालन हुँदै आएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।