काठमाडौं– शनिबार बिहान तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक ३ कात्तिकेमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परेका ६ जनालाई सकुशल उद्धार गरी उपचारार्थ विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।
घटनामा ज्यान गुमाएका ६ जनाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा ल्याइँदै गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीका अनुसार, प्रहरीले ६ जनाको शव संकलन गरेर पाँचथर अस्पताल पठाइएको छ । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । उनीहरुको सनाखत भइसकेको छैन ।
शनिबार बिहान ताप्लेजुङको साँवादेखि धरानतिर जाँदै गरेको मे १ ज ३०५५ नम्बरको जिप पाँचथरको कुम्मायक गाउँपालिका–३ को सिमाना कात्तिके भीर नजिकै सडकबाट करिब तीन सय मिटर तल खसेको थियो । दुर्घटनामा परेका अधिकांस ताप्लेजुङकै बासिन्दा रहेको बताइएको छ ।
दुर्घटनाको कारण खुलिसकेको छैन । दुर्घटना भएको बेला घटनास्थल वरपर वर्षात पनि भएको थिएन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।