काठमाडौं– तमोर करिडोरको पाँचथर खण्ड अन्तर्गत पाँचथरको कुम्मायक ३ कात्तिके नजिकै सडकबाट जीप खसेको छ । 
जीप तमोर नदी गड्तीरमा पुगेकाले ठूलो हताहती भएको अनुमान गरिएको छ । घटनाको पूर्ण विवरण भने आइसकेको छैन । पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले घटनास्थलमा प्रहरी गइरहेको र पुग्न केही समय लाग्ने बताए । 
उक्त गाडीका बारेमा पनि केही खुल्न सकेको छैन । कहाँबाट हिँडेको, कति यात्रु थिए र कहाँ जान लागेको हो भन्ने खुलेको छैन । 
                                                        
                                                        नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
                                सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com  मा
                                पठाउनु होला।