काठमाडौं– सर्लाहीमा माटो खन्ने क्रममा ढिस्को खस्दा चार जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा तीन बालबालिकासहित एक वृद्धा रहेकी छिन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सर्लाहीको हरिपुर्वा नगरपालिका–१ हर्दी नदी किनारमा माटोको ढिस्कोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
घटनाको खबर पाएलग्ततै हरिपूर्वाबाट प्रहरी नायब निरीक्षकको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पठाएको थियो । तर अस्पताल पुर्याउनेवित्तिकै चिकित्सकले चारै जनालाई मृत घोषणा गरेका थिए ।
माटो खान्ने क्रममा ढिस्कोले पुरिएर मृत्यु हुनेमा महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथाना बस्ने ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मंसुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।