• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन २, २०८२ Sat, Feb 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

प्रहरीको विश्व च्याम्पियनसिप जितेका धावकको नेपाली झण्डा बाेकेर दौडने धोको [भिडियो वार्ता]

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०९:३१
1140x725

संखुवासभाको विकट बस्ती मादी मुलखर्कमा जन्मिएका निमेष गुरुङ (२९) सन् २००८ डिसेम्बरमा सिंगापुर पुलिसमा भर्ती भएका थिए। पुलिसमा भर्ती भएपछि उनी मोटाउँदै गए। उचाई ५ फिट ३ इन्च भए पनि सन् २०१२ सम्ममा उनको तौल ६९ केजी पुगिसकेको थियो। 

_x000D_ _x000D_

विद्यार्थी जीवनदेखि नै खेलकुद भनेपछि हुरुक्कै हुने निमेष सिंगापुरमा गएपछि खेलकुदमै लाग्न चाहन्थे। उनी सिंगापुरमा दौडने संस्कृतिबाट प्रभावित भएका थिए। उनी दौड प्रतियोगितामा भाग लिन चाहन्थे। तर, आफ्नो मोटाउँदै गएको शरीर सम्झन्थे अनि प्रतियोगितामा माग लिने इच्छा मनमै मार्थे। त्यसैले उनले २०१२ को डिसेम्बरमा तौल घटाउन दौडने निर्णय गरे।

_x000D_ _x000D_

‘मेरो पहिलादेखि नै खेलकुदमा लाग्ने इच्छा थियो। सिंगापुर आएपछि यहाँको दौडने संस्कृतिबाट प्रभावित भएँ,’ उनी भन्छन्, ‘मैले आफ्नो इच्छा त्यहाँका धावकहरुलाई राखे। उनीहरुले तौल घटाउने सुझाव दिएपछि म हौसिएँ।’

_x000D_ _x000D_

गाउँमा अभावका कारण उनी सधैं दौडिएर सबै ठाउँ भ्याउने गर्थे। त्यसैले निमेषका लागि यो कुनै नयाँ र अनौठो अभ्यास थिएन। उनले छोटो समयमै रफ्तार पक्डिए।

_x000D_ _x000D_

उनी तौल घटाउन दिनहुँ व्यायामका साथै २५ किलोमिटरसम्म दौडन थाले। उनले सिंगापुरका प्रत्येक ट्र्याकमा पाइला राख्न भ्याए। अर्काेतर्फ उनले खानेकुरामा पनि ध्यान दिए। ‘चिल्लो खानेकुरा त्यागिदिए। मासुमा पनि कन्ट्रोल गरे, शक्ति दिने खानेकुरा मात्र खाए,’ उनी सम्झन्छन्।

_x000D_ _x000D_

उनले ६ महिना नियमित एउटै दैनिकीलाई निरन्तरता दिए। फलस्वरुप १६ केजी तौल घटाए। ६९ केजीबाट उनी ५३ केजीका भए। शरीरको तौल घटेसँगै उनले आफूलाई हल्का महसूस गरे। ‘बिहान सबेरै उठ्नेदेखि काम गरिरहन मन लाग्न थाल्यो,’ उनी भन्छन्, ‘आत्मविश्वास पनि बढ्यो। जोश र जाँगर बढेकाले दौड प्रतियोगितामा भाग लिन थालें।’ 

_x000D_ _x000D_

शरीर घटाएर छरितो बनेसँगै उनको खेल जीवनले पनि रफ्तार लियो। त्यही रफ्तारले उनी आफ्नो ख्याति राष्ट्रिय रूपमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा फैलाउन सफल भएका छन्। उनी सिंगापुरमा कीर्तिमानधारी धावकको रुपमा चिनिएका छन्। 

_x000D_ _x000D_

सिंगापुरको राष्ट्रिय कीर्तिमानधारी धावक निमेषले गत वर्ष प्रहरीको विश्व च्याम्पियनसिपमा समेत स्वर्ण पदक जितेका थिए। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

_x000D_ _x000D_

उनी २०१३ मा पहिलोपल्ट सिंगापुर पुलिसको आन्तरिक प्रतिस्पर्धामा सहभागी भए। करिब ३ सय धावक सहभागी भएको ५ हजार र १० हजार मिटर दौडमा सातौं स्थान ओगटेपछि उनको चर्चा भयो। अर्को वर्ष त उनले दुवै स्पर्धामा स्वर्ण पदक नै हात पारे। 

_x000D_ _x000D_

उनी प्रशिक्षकको अभावमा इन्टरनेटबाट भिडियोहरू डाउनलोड गर्दै आफूभन्दा सिनियर खेलाडी कसरी दौडिन्छन्, त्यसको प्राविधिक ज्ञान लिन्थे। विस्तारै उनी सिंगापुरमा आयोजना हुने एथलेटिक्स प्रतियोगिताको आकर्षण बन्न थाले।

_x000D_ _x000D_

२०१३ मा निमेषले सिंगापुरको २५ वर्ष पुरानो कीर्तिमान भंग गरे। ५ हजार मिटर दौडमा १९८८ मा कायम राष्ट्रिय कीर्तिमान भंग गर्दै सनसनी मच्चाए। उनले ५ हजार मिटर दौड १५ मिनेट २४ सेकेन्डमा पूरा गरेका थिए। यति नै बेला १० हजार मिटरको राष्ट्रिय कीर्तिमान पनि भंग गरे। यो पनि १० वर्ष पुरानो रेकर्ड थियो।

_x000D_ _x000D_

सन् २०१४ मा उनले सिंगापुरमा अर्को ठूलो प्रतिस्पर्धा जिते। सिंगापुरको चर्चित पत्रिका ‘द स्ट्रेट टाइम’ ले आयोजना गर्ने हाफ म्याराथनमा उनी दोस्रो भए। यो प्रतियोगितामा उनले केन्या, इथियोपिया र सिंगापुरकै चर्चित धावकलाई पछि पारेका थिए।

_x000D_ _x000D_

त्यही वर्ष मलेसियामा माउन्ट किनाबलु अन्तर्राष्ट्रिय च्याम्पियनसिप आयोजना भयो। त्यसको हाफ म्याराथनमा निमेषले दोस्रो स्थान हात पारे। ५ सयभन्दा बढी अन्तर्राष्ट्रिय धावकले भाग लिएको यो प्रतियोगितामा केन्याका धावक पहिलो भए भने उनले जापानी धावकलाई पछि पारेका थिए। 

_x000D_ _x000D_

सिंगापुर र मलेसियामा भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनको पदक जित्ने क्रम जारी छ। गत वर्ष मात्र अमेरिकामा भएको विश्व पुलिस फायर गेम्समा २ स्वर्ण जितेका थिए निमेषले। जुन, अर्को ऐतिहासिक उपलब्धि थियो।

_x000D_ _x000D_

गत वर्ष अगस्टमा अमेरिकाको लस एन्जल्समा भएको प्रहरीको विश्व च्याम्पियनसिपमा पनि उनले हाफ म्याराथन र १० हजार मिटर दौडमा स्वर्ण जिते। निमेषले हाफ म्याराथनमा ९१ देशका र १० हजार मिटर म्याराथनमा ५९ देशका धावकलाई पछि पारेका थिए। 

_x000D_ _x000D_

२०१४ देखि हालसम्म उनले ५ दर्जन स्वर्णसहित ३ सयभन्दा बढी पदक जितिसकेका छन्।

_x000D_ _x000D_

अहिले पनि सिंगापुरमा निरन्तर दौडिरहेका निमेषको तौल स्थिर छ। उनले विगत ६ वर्षदेखि एउटै दैनिकी पछ्याइरहेका छन्।

_x000D_ _x000D_

खानेकुरादेखि व्यायाममा अनुशासन पालना गरिरहेका छन्। जसले गर्दा उनलाई एउटा नामी धावकको रुपमा स्थापित गराएको छ।

_x000D_ _x000D_

‘खेलकुद क्षेत्रमा लाग्ने मेरो सपना थियो। जुन मैले दृढ इच्छाशक्ति र शरीरलाई फिट राखेर हात पार्न सफल भएँ,’ उनी भन्छन्।

_x000D_ _x000D_

उनको अबको एउटै इच्छा अब औपचारिक रुपमा नेपालको राष्ट्रिय झण्डामा दौडने।  

_x000D_ _x000D_

भिडियो :

_x000D_ _x000D_

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित)
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा
फेवातालमा कार खस्दा चालकको मृत्यु
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई शनिबार, फागुन २, २०८२
इरानसँगको तनावमा ट्रम्पले अमेरिकी दबाब बढाउँदै शनिबार, फागुन २, २०८२
ठगी गरेको अभियोगमा एक जना पक्राउ शनिबार, फागुन २, २०८२
यी २० निर्माण कम्पनी कालोसूचीमा (सूचनासहित) शनिबार, फागुन २, २०८२
महाशिवरात्रिमा यस्तो छ पशुपति क्षेत्रमा ट्राफिक व्यवस्थापन, यी स्थानमा हुनेछ पार्किङ सुविधा शनिबार, फागुन २, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
बंगलादेशमा बीएनपीलाई दुई–तिहाई सिट शुक्रबार, फागुन १, २०८२
पार्टी बचाउन बाबुराम भट्टराईलाई कारबाही गर्नुपरेको थियो : प्रचण्ड शुक्रबार, फागुन १, २०८२
सुनचाँदीको मूल्य घट्यो शुक्रबार, फागुन १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
नेपालको प्रदर्शनपछि डेल स्टेन भन्छन्- नेपाल, आवश्यक परे म सहयोग गर्न तयार आइतबार, माघ २५, २०८२
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
वरिष्ठ कलाकार सुनिल थापाको निधन शनिबार, माघ २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्