• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

डेनमार्कमा पुनः ड्रोन गतिविधि, विमानस्थलहरू अस्थायी रूपमा बन्द

64x64
नेपाल लाइभ शुक्रबार, असोज १०, २०८२  १३:३५
1140x725

एजेन्सी– डेनमार्कको आकाशमा पुनः संदिग्ध ड्रोन देखापरेपछि शुक्रबार केही घण्टाभित्रै दोस्रो पटक विमानस्थलहरू बन्द गर्नुपरेको छ। 

प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सनले यसलाई रुससँग जोडिएको हुनसक्ने ‘हाइब्रिड आक्रमण’ को हिस्सा भएको चेतावनी दिएका छन्।

यसअघि यसै हप्ताको सुरुमा कोपेनहेगन विमानस्थल बन्द भएपछि बुधबारदेखि डेनमार्कका विभिन्न विमानस्थलहरूमाथि ड्रोन देखिएको थियो। तीमध्ये केही घण्टौँका लागि पूर्ण रूपमा बन्द गर्नुपरेको थियो। 

यस्तै घटनाहरू नर्वे, पोल्यान्ड र रोमानियामा पनि देखिएका छन्, जसमा ड्रोन आक्रमण भएको र एस्टोनियाको हवाई क्षेत्रमा रुसी लडाकू विमान प्रवेश गरेको जानकारी आएको छ। युक्रेनमाथि रुसको आक्रमण जारी रहेका सन्दर्भमा यी घटनाले युरोपमा थप तनाव पैदा गरेको छ।

प्रधानमन्त्री फ्रेडरिक्सनले बिहीबार सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी भने, “हालैका दिनहरूमा डेनमार्क हाइब्रिड आक्रमणको सिकार भएको छ।” उनले ड्रोन गतिविधि अझै ‘बढ्न’ सक्ने चेतावनी दिए।

अनुसन्धानकर्ताहरूले हालसम्म यसका जिम्मेवार व्यक्तिहरू पत्ता लगाउन नसके पनि फ्रेडरिक्सनले प्रत्यक्षतया रुसलाई दोष लगाउँदै भने, “युरोपको सुरक्षामा खतरा उत्पन्न गर्ने मुख्य देश रूस हो।” 

यद्यपि, मस्कोले डेनमार्कका घटनामा संलग्न भएको आरोपलाई दृढतापूर्वक अस्वीकार गर्दै यसलाई ‘मञ्चित उक्साहट’ भनेको छ।

यसअघि डेनमार्कका न्यायमन्त्री पिटर हम्मेलगार्डले आक्रमणको उद्देश्य ‘डर फैलाउने, विभाजन सिर्जना गर्ने र जनता असुरक्षित महसुस गराउने’ भएको बताएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

सरकारले निकट भविष्यमै ड्रोनलाई बेअसर पार्न नयाँ प्रविधि र क्षमताहरू भित्र्याउने तयारी गरेको छ। साथै, ड्रोन विरोधी सुरक्षाको ‘पर्खाल’ निर्माण गर्ने प्रस्तावमा डेनमार्कले शुक्रबारदेखि अन्य युरोपेली सङ्घ (इयु) देशहरूसँग छलफल सुरु गरेको छ। यसमा विशेषगरी रुससँग सीमा जोडिएका मुलुकहरू सामेल हुनेछन्।

बुधबार र बिहीबार बिहान अलबोर्ग, एस्बेर्ज, सन्डरबोर्ग र स्क्रिडस्ट्रप एयर बेसमा पनि ड्रोन देखिएको थियो। विशेषगरी अलबोर्ग विमानस्थल धेरै घण्टाका लागि बन्द गरिएको थियो र बिहीबार राति फेरि संदिग्ध गतिविधि देखिएपछि शुक्रबार बिहान करिब एक घण्टाका लागि पुनः बन्द गरिएको थियो।

“दुई घण्टासम्म ठूलो क्षेत्रमा उडेको ड्रोनलाई खसाल्न सम्भव भएन”, प्रहरी निरीक्षक जेस्पर बोजगार्ड म्याडसेनले भने।

डेनमार्कको मिलिटरी इन्टेलिजेन्सका प्रमुख थोमस अह्रेन्किलले हालसम्म ड्रोनको पछाडि को छ भन्ने पहिचान हुन नसकेको स्वीकार गरे। तर अर्का गुप्तचर अधिकारी फिन बोर्चले भने, “डेनमार्कमा रुसी तोडफोडको जोखिम उच्च छ।”

रक्षामन्त्री ट्रोयल्स लुन्ड पौल्सेनले यी गतिविधिहरू ‘एक पेशेवर खेलाडीको काम’ जस्तो देखिएको बताएका छन्। उनका अनुसार एउटै समयमा धेरै स्थानमा गरिएको व्यवस्थित सञ्चालन भए पनि डेनमार्कमाथि प्रत्यक्ष सैन्य खतरा भने छैन।

प्रधानमन्त्री फ्रेडरिक्सनले यसबारे नाटो प्रमुख मार्क रुटसँग पनि छलफल गरेको बताए। तर डेनमार्कले नाटोको धारा ४ (सदस्य राष्ट्रको सुरक्षा वा अखण्डता जोखिममा परे तत्काल वार्ता बोलाउने प्रावधान) लागू गर्ने कि नगर्ने भन्ने निर्णय अझै नभएको रक्षामन्त्री पौल्सेनले स्पष्ट पारेका छन्। 

यसैबीच, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले आफ्नो देश डेनमार्कको हवाई सुरक्षामा सहयोग गर्न तयार रहेको बताएकन छन्।

आगामी हप्तामा कोपनहेगनले युरोपेली सङ्घ (इयु) को शिखर सम्मेलन आयोजना गर्ने तयारी गरेको छ।

यता, डेनमार्कका केही नागरिकहरूले भने घटनाले आफूहरूलाई असुरक्षित महसुस गराएको बताएका छन्। पचासी वर्षीया बिर्गिट लार्सनले भने, “म यस्तो देशमा बस्छु जहाँ सन् १९४५ यता शान्ति छ। युद्धका बारेमा सोच्न अभ्यस्त छैन, अहिले भने असुरक्षित महसुस भइरहेको छ।” 
    
तर ४८ वर्षीय टोस्र्टन फ्रोलिङले भने, “यो सम्भवतः रुसको काम हो। उनीहरू सीमामा परीक्षण गर्दैछन्, भड्काउने प्रयास मात्र हो, प्रत्यक्ष धम्की होइन।”

यस्तो संवेदनशील अवस्थामा डेनमार्कले हालै पहिलो पटक लामो दूरीका सटीक हतियार खरिद गर्ने घोषणा गरेको छ। रुस आउँदो वर्षहरूमा पनि ठुलो खतरा बनेर रहने भन्दै सरकारले प्रस्ट पारेको छ।

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार
सम्बन्धित सामग्री
अमेरिका-इरानबीच शान्ति सम्झौता, शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफले सामाजिक सञ्जाल एक्समार्फत अमेरिका र इरानबीच शान्ति सम्झौता सम्पन्न भएको घोषणा गर्दै यसको औपचा... सोमबार, असार १, २०८३
अमेरिका–इरान शान्ति सम्झौतामा आज हस्ताक्षर हुने ट्रम्पको दाबी सम्झौतामा मध्यस्थकर्ताको भूमिका खेलिरहेको पाकिस्तानले पनि आगामी २४ घण्टाभित्र सम्झौता अन्तिम रूप लिने अपेक्षा गरिएको र इलेक्ट्रोनिक... आइतबार, जेठ ३१, २०८३
सर्तहरू पूरा नभए सम्म अन्तिम सम्झौतामा हस्ताक्षर नगर्ने इरानको चेतावनी इरानको इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आइआरआइबी) सँग कुरा गर्दै अराघचीले प्रारम्भिक सम्झौता पछि संयुक्त राज्य अमेरिकालाई आफ्... शनिबार, जेठ ३०, २०८३
ताजा समाचारसबै
रास्वपाद्वारा प्रथम राष्ट्रिय महाधिवेशनको स्थान परिवर्तन मंगलबार, असार २, २०८३
भाइरल भिडियोबारे रास्वपा सांसद सृष्टि भट्टराईको प्रष्टीकरण : त्यो पुरानो र निजी क्षण हो मंगलबार, असार २, २०८३
नेप्से सूचक ६ अंकले घट्यो, ४ अर्ब ४ करोडको कारोबार मंगलबार, असार २, २०८३
चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि -२०८३ स्वीकृत मंगलबार, असार २, २०८३
अर्थमन्त्रीलाई महरको व्यंग्य- अर्थमन्त्रीले ल्याएको बजेटले देश बन्ने कुरामा प्रधानमन्त्रीलाई विश्वास छैन मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
पहिलोपटक विश्वपकमा सहभागी भएको कुराकाओलाई जर्मनीले ७–१ गोलले हरायो सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ? सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्