काठमाडौं– इजरायली सेनाले आफ्नो वायु सेनाले यमनमा अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण गरेको दाबी गरेको छ ।
हुथी विद्रोहीको पटक–पटकको मिसाइल र ड्रोन आक्रमणको जवाफमा यस्तो आक्रमण गरिएको इजरायली सेनाको दाबी छ ।
इजरायल डिफेन्स फोर्सेसले दर्जनौं विमानले राजधानी सनामा हुथी सुरक्षा र गुप्त सेवा र सेनासँग जोडिएका क्षेत्रमा बमबारी गरेको बताएको छ । हुथी विद्रोहीको सरकारद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले यस आक्रमणलाई इजरायलको निर्दयी आक्रमण भनेको छ ।
यस आक्रमणले नागरिक क्षेत्र र सरकारी संरचनाहरु निशानामा बनेको र यसमा आठ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । इजरायलका तर्फबाट यो आक्रमण हुथी विद्रोहीको ड्रोन आक्रमणमा इजरायलको रेड सी रिसोर्६ इलातमा २२ जना घाइते भएको एक दिनपछि भएको हो । जसमा दुई जनाको अवस्था गम्भीर छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।