काठमाडौँ– नेपाल प्रहरीले करिब एक हजार ६०० सय जनशक्ति भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
नेपाल प्रहरीले शुक्रबार सूचना निकालेर एक हजार ५५३ प्रहरी जवान, कार्यालय सहयोगीतर्फ११ हजाम, १५ कुचीकार र १५ खेलाडी गरी १५९४ जनाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी जवानका लागि न्यूनतम ८ कक्षा पास गरेको हुनुपर्ने सूचनामा उल्लेख छ। प्रहरी कार्यालय सहयोगीका लागि भने साधारण लेखपढ गर्न मात्र जाने पुग्नेछ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले असोज १९ गतेदेखि कात्तिक २८ गतेसम्म दरखास्त फाराम बुझाउन सक्ने सूचनामा उल्लेख छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।