काठमाडौँ– जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीले अझै एक हप्ता नेपालमा मनसुन सक्रिय रहने बताएका छन्।
काठमाडौँमा बिहीबार आयोजित एक कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्।
सन् २०२७ सम्ममा सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने लक्ष्य रहेको भन्दै उनले विभागले जल तथा मौसमजन्य पूर्वानुमान र पूर्वसूचना दिने कार्यक्रम दैनिक रूपमा गरिरहेको जानकारी दिए।
विभाग, विश्व मौसम संगठन र कार्डबिच २०२७ सम्म सबै नेपालीमा विपद्जन्य पूर्वसूचना पुर्याउने कार्यको लागि सहकार्य भएको उनले जानकारी दिए। सोही सहकार्यअनुसार काम गरिरहेको उनको भनाई छ।
उनले विभागले प्रवाह गर्ने पूर्वसूचना र मौसम पूर्वानुमान,बाढी पूर्वानुमानमा बुझाइमा एकरुपता ल्याउनुपर्ने आवश्यकता देखिएको पनि बताए। विभागको प्राविधिक भनाई र जनतामा प्रवाह हुने सूचनामा फरक पर्न जाँदा विभागमाथि प्रश्न उठ्ने गरेको उनले गुनासो गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।