जेन–जी आन्दोलनका क्रममा जल्दै गरेको सिंहदबार : फाइल तस्बिर
काठमाडौं– भदौ २३ र २४ को आन्दोलनबाट क्षति भएका सार्वजनिक तथा सरकारी भौतिक संरचना पुनर्निर्माणका लागि आवश्यक आर्थिक सहयोग गर्न सरकारले सबैलाई अनुरोध गरेको छ ।
स्रोतको व्यवस्था गरी पुनर्निर्माण तथा मर्मत, आर्थिक पुनरुत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यलाई तत्काल व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले गत आइतबारको मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार पुनर्निर्माण समिति (गठन) आदेश, २०८२ जारी गर्ने निर्णय गरेको छ ।
गठन आदेशले आन्दोलनबाट क्षति भएका भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान, राहत र पुनस्थापनासम्बन्धी कार्यका लागि स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनर्निर्माण कोष’ स्थापना गरेको छ ।
आन्दोलनको क्रममा भौतिक संरचनामा आगजनी र तोडफोड भई ठूलो क्षति भएको छ । त्यस्ता भौतिक संरचनाको पुनर्निर्माण, आर्थिक पुनरूत्थान र राहत लगायतका कार्यका लागि भौतिक पूर्वाधार पुनर्निर्माण कोष स्थापना गरिएको हो ।
सरकारले नेपाल सरकार, प्रदेश सरकार एवं स्थानीय तह, निजी क्षेत्र, स्वदेशी तथा विदेशी नागरिक, गैरआवासीय नेपाली समुदाय, मित्र राष्ट्रहरु, विकास साझेदार तथा अन्तर्राष्ट्रिय संघसंस्थालाई राष्ट्र पुनर्निर्माणको अभियानमा सहभागी हुन नेपाल सरकारलाई सबैलाई आग्रह गरेको छ ।
यस्तो आर्थिक सहायता रकम योगदानकर्ताको चालु आर्थिक वर्षको करयोग्य आय गणना गर्दा घटाउन खर्च कट्टी गर्न पाइने व्यवस्था सरकारले गरेको छ ।
भौतिक पूर्वाधार पुननिर्माण कोषको नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलिएको छ । खाता नम्बर १९६०१००१०२०७०००४ रहेको छ । सोही खातामा रकम जम्मा गर्न सरकारले सबैलाई आग्रह गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।