काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० जवाङखोला (बाँदरे मोड) मा झरेको सुक्खा पहिरो पन्छाएपछि नागढुंगा-मुग्लिन सडक दुई तर्फी सञ्चालनमा आएको छ।
सोमबार राति ११ बजेको समयमा खसेको सुक्खा पहिरोका कारण नागढुंगा-मुग्लिन सडक अवरुद्ध हुँदा सवारीसाधनको लामो जाम लागेको थियो। जामका कारण यात्रुहरू अलपत्र परेका थिए।
झन्डै १६ घण्टा समय लगाएर पहिरो पन्छाएपछि अहिले सडक दुईतर्फी सञ्चालनमा आएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिए।
राति ढुंगा खसेर लाग्ने जोखिमले गर्दा पन्छाउन नसकेर बिहानदेखि मात्रै पहिरो पन्छाउन सुरु गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।