काठमाडौं– तुइखोलाको पहिरो पूर्ण रूपमा सफा गरेपछि सोमबार साँझ साढे पाँच बजेदेखि दुईतर्फी नै गाडी चल्न सुरु भएको छ ।
तुइनखोलामा शुक्रबार साँझ पहिरो गएपछि बन्द भएको नारायणगढ -मुग्लिन सडक ४५ घण्टापछि हिजो आइतबार दिउँसो सवा चार बजेदेखि एकतर्फी मात्र खुलेको थियो ।
पहिरोको जोखिम कायमै रहेका कारण हिजोराति नौ बजेदेखि आज बिहान पाँच बजेसम्म जिल्ला सुरक्षा समितिले यो सडकमा यातायात बन्द गरेको थियो ।
बिहानदेखि एकतर्फी चलिरहेको सडक दुईतर्फी नै सञ्चालन गर्न दिउँसो एक बजेदेखि फेरि गाडी रोकेर पहिरो सफा गर्न सुरु भएको थियो ।
तीन बजेसम्म सडक बन्द गर्ने भने पनि काम गर्दै जाँदा साढे पाँच बजेको भरतपुरको डिभिजन सडक कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।