काठमाडौं – पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको हो।
पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो।
आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको छ।सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।