• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, साउन ११, २०८३ Mon, Jul 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

हामी कस्ता आमा–बाबु?

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  २१:०५
1140x725

‘यत्रो पैसा खर्च गरेर पढाउँदा पनि राम्रो गर्न नसक्ने भनेर बाबा रिसाइरहनुहुन्थ्यो, त्यसैले सरकारीमा आएको।’ एक किशोरीको यस्तो भनाइ सुनेर मन चसक्क भयो। उनी काठमाडौंको निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा पढ्न आएकी विद्यार्थी हुन्।

_x000D_ _x000D_

निजीबाट सामुदायिक विद्यालयका माथिल्लो कक्षामा भर्ना हुने धेरैजसो विद्यार्थीको जवाफ प्रायः एउटै हुन्छ– उच्च शिक्षामा छात्रवृत्ति पाइन्छ, सरकारी जागिरमा प्राथमिकता पाइन्छ। तर, ती किशोरीको जवाफ हामी अभिभावकलाई झस्काउने खालको थियो।

_x000D_ _x000D_

कक्षा ९ पुगेपछि प्राविधिक शिक्षा पढ्न मन लागेर उनी त्यही सामुदायिक विद्यालयमा प्राविधिक धारतर्फ भर्ना भइन्। तर, गाह्रो लागेर केही महिनापछि छाडिन् र साधारण धारतर्फ नै फर्किइन्। ‘पढाइ बिग्रियो भने बाबालाई नराम्रो लाग्ला भनेर प्राविधिक शिक्षा छाडें,’ मलिन स्वरमा उनले भनिन्। 

_x000D_ _x000D_

धेरै बालबालिका यस्तो दबाब र त्रासमा हुर्किरहेका हुन्छन्। हामी अभिभावक आफ्ना केटाकेटीलाई यस्तै व्यवहार गरिरहेका छौँ। तेरो शिक्षामा यति पैसा खर्च भइरहेको छ, तर पढाइ खत्तम। जे भन्यो त्यही किनिदिएको छ, पुर्‍याइदिएको छ। त्यही पनि पढाइमा जिरो। फलानोलाई हेर त कस्तो अवस्थामा पनि कति राम्रो गरेको छ, उसबाट सिक्। उसकाे .... खा। हामी के भन्न मात्र बाँकी राख्छौँ होला।

_x000D_ _x000D_

अझ स्कूलबाट पढाइमा ‘केयरलेस’ गरेको कुनै गुनासो आउनुपर्छ– फलानोको आउँदैन त। तेरो नै गल्ती होला। यसरी दोष थोपर्दै आफ्नो बच्चा निर्दोष हुनसक्ला भन्ने सोच्दै नसोच्ने पनि छौँ हामी कतिपय अभिभावक। यत्रो खर्च गरेर ʻटपʼ स्कूलमा पढाउँदा पनि राम्रो पढिनस्। अब कि नराम्रो स्कूल कि चाहिँ सरकारी स्कूलमा हालिदिन्छु भनेर तर्साउँछन् कति अभिभावक। 

_x000D_ _x000D_

यसो गर्‍यो भने बालबालिकाले पढाइमा प्रगति गर्छन् भन्ने बुझाइ र विश्वास छ धेरै अभिभावकको। तर यसबाट उनीहरुको आत्मसम्मानमा चोट पुगिरहेको हुन्छ। उनीहरु आफू अपमानित भइरहेहो ठान्छन्। उनीहरुमा आत्मविश्वास घट्न थाल्छ। तनाव उत्पन्न हुन थाल्छ। अपरिपक्व उमेरमा यसको व्यवस्थापन गर्न सक्दैनन् र उनीहरुको मनमा आत्महत्यासम्मको सोच आउन सक्छ। अब पनि राम्रो रिजल्ट ल्याइनस् भने निकालेर सरकारी स्कुलमा हाल्छु भनेर अभिभावकले बारम्बार भनेपछि केही समयपहिले आफन्तकी छोरीले सुसाइड गर्छु भनेकी थिइन्।

_x000D_ _x000D_
_x000D_

किशोरावस्थाका छोराछोरीलाई पढाइ खर्चको कुराले कोसिरहने, अरुसँग तुलना गरिरहने, आफूले भनेजस्तै यो–यो गर्नैपर्छ, यो गर्न नपाउने भनेर घेरा हाल्दै जाने हो भने उनीहरुलाई आफ्नो कुनै महत्व नभएको महसुस हुन थाल्छ।

_x000D_
_x000D_ _x000D_

राम्रो स्कुलमा राखिदिएको छ, भनेको कुरा सबै पूरा गरिदिएको छ, त्यसैले जसरी भए पनि राम्रो ग्रेड ल्याउनुपर्छ भनेर किशोरावस्थाका छोराछोरीलाई पढाइ खर्चको कुराले कोसिरहने, अरुसँग तुलना गरिरहने, आफूले भनेजस्तै यो–यो गर्नैपर्छ, यो गर्न नपाउने भनेर घेरा हाल्दै जाने हो भने उनीहरुलाई आफ्नो कुनै महत्व नभएको महसुस हुन थाल्छ। खाली गाली खाने वा दोष आउने त हो नि भनेर विस्तारै उनीहरु पचाउन थाल्छन्। यसले शैक्षिक उपलब्धिमा त नकारात्मक असर पर्छ नै। चिन्ताजनक कुरा चाहिँ के हो भने उनीहरु आमाबुबाको नजिक जान पनि मन गर्दैनन्। टाढिन थाल्छन्।

nimb
nimb
Ncell 2
Ncell 2
_x000D_ _x000D_

जब दूरी बढ्न थाल्छ, उनीहरु समस्या व्यक्त गर्दैनन्, डराउँछन् । परीक्षाको नतिजा बिग्रियो भने लुकाउन थाल्छन्। कुनै गल्ती भयो भने अपराध गरेसरह लुकाउँछन्। यसकारण कुलतमा फस्ने वा मानसिक समस्यामा पर्नसक्ने जोखिम हुन्छ। उनीहरुको पनि आफ्नै विचार र चाहना हुन्छ। उनीहरु पनि ठूलाबाट माया अनि सम्मान चाहन्छन् भनेर जब बालबालिकालाई भावनात्मक रुपमा बुझ्न कोसिस गरिँदैन, ठूलो भएपछि त्यही भोगाइअनुसार उनीहरुको अभिभावकसँग सम्बन्ध हुन्छ। लाख कोसिस गर्दा पनि त्यो संबन्ध सुमधुर हुन सक्दैन।

_x000D_ _x000D_

ʻस्कूलको फी तिरिदिनुहुन्थ्यो। भनेजति पैसा दिनुहुन्थ्यो। तर मेरो भावनात्मक कुरा बुझ्ने प्रयास कहिल्यै गर्नुभएन। आजसम्म म आफ्नो बुबासँग नजिक हुन सकिनँ,ʼ गएको शुक्रबार मेरो छोराको स्कुलमा आयोजित अभिभावक शिक्षा कार्यक्रममा प्रशिक्षकले यसरी आफ्नो अनुभव सुनाए। 

_x000D_ _x000D_

मेरो व्यक्तिगत भोगाइको कुरा गर्ने हो भने, मेरो सुखद बाल्यकालको श्रेय आमा बुबा दुवैलाई दिन्छु। बढी चाहिँ बुबालाई नै। धनकुटाको सरकारी स्कुलबाट निकालेर धरानको मेरो पालाको टप बोर्डिङ स्कूलमा भर्ना गर्नुभयो। तर, न कहिल्यै खर्चको कुरा सुनाउनुभयो। न कहिल्यै मनमा ठेस लाग्नेगरी कुनै शब्द बोल्नुभयो। न त कहिल्यै आफ्नो रिस वा कुन्ठा म र भाइहरुमाथि पोख्नुभयो। उहाँलाई पनि जागिरको सिलसिला वा घर परिवारको मामिलामा कति तनाव हुन्थ्यो होला। यस्तो लगाऊ, त्यस्तो नलगाऊ वा यो गर त्यो नगर, कहिल्यै कुनै लक्ष्मणरेखा कोर्नुभएन। यस्तो व्यवहारले आफूमाथि कत्रो विश्वास छ भनेर नराम्रो काम गर्न हुँदैन वा पढाइमा मिहिनेत गर्नुपर्छ भनेर जिम्मेवार बनाउँदो रहेछ। 

_x000D_ _x000D_

केटाकेटीलाई हुर्काउने र सही वातावरण दिने कुरामा सबै बुबा र आमा उत्तिकै संवेदनशील नहुनु सायद उनीहरुको शैक्षिक, सामाजिक कारणसँगै फरकफरक भोगाइ पनि हो। त्यसैले आमा बढी वा बुबा कम संवेदनशील हुन्छन् भन्ने जस्तो लाग्दैन। मेरी साथीकी छोरी पढाइलेखाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट हुन्छिन्। उनले छोरीका लागि घरमा साह्रै राम्रो वातावरण बनाएकी छिन्। कतिसम्म भने छोरीको लेखपढका बेला उनी आकस्मिक बाहेक अरु फोन कल उठाउँदिनन्।

_x000D_ _x000D_

यस्तै शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल बेलाबेला असल अभिभावकका रुपमा अनुसन्धानकर्ता डा प्रत्युष वन्तको उदाहरण दिइरहनुहुन्छ। विद्यालय तहको पढाइ नसकुन्जेल बच्चालाई लिन आफैँ विद्यालय पुग्ने र घरमा उनीहरुसँग समय बिताउने नियम उहाँले बनाउनुभएको रहेछ। यसका लागि दिउँसो ३ बजेपछि अरु कामका लागि कतै समय नदिने गरी व्यवस्थापन गर्नुभएको रहेछ। हामी कतिजना अभिभावकले यसरी समय दिएका छौँ? कति त चिया र कफीमै व्यर्थै समय फालिरहेका हुन्छौँ।

_x000D_ _x000D_
_x000D_

शैक्षिक उन्नतिका लागि अभिभावकले सन्तानलाई दिने सार्थक समय तथा सकारात्मक वातावरण पनि एउटा महत्वपूर्ण पाटो हो।

_x000D_
_x000D_ _x000D_

हो त है भनेर हामीमध्ये केही कम्तीमा महसुस त गर्छौं। तर कति चाहिँ तिनकै भविष्यका लागि त हो नि यति दुःख गरेको भनेर स्वीकार्नै मान्दैनन्। शैक्षिक उन्नतिका लागि अभिभावकले सन्तानलाई दिने सार्थक समय तथा सकारात्मक वातावरण पनि एउटा महत्वपूर्ण पाटो हो। साथै अभिभावकको शैक्षिकस्तर, आर्थिक अवस्था, गतिला शिक्षक, शिक्षण विधि, विद्यार्थीको रुची र क्षमता जस्ता मुख्य पक्षले विद्यार्थीको सिकाइ उपलब्धिमा असर पारिरहेको हुन्छ। 

_x000D_ _x000D_

जब केटाकेटीको शैक्षिक वा अन्य सवालमा समस्या आउन थाल्छ, उनीहरुसँग सार्थक समय बिताउन जोड दिनुपर्छ। सार्थक समय यस्तो होस् कि उनीहरुसँग नजिक भएर साथीजस्तै व्यवहार गरेर विस्तारै उनका कथाव्यथा खोतल्न सकियोस्। साथ समर्थन दिन सकियोस्।

_x000D_ _x000D_

हामी ठूलालाई त आफ्ना व्यथा मन मिल्ने वा कुरा बुझ्नेसँग पोख्दा र उसबाट भावनात्मक साथ पाउँदा अब संसार नै जित्छु जस्तो लाग्छ नि हैन। आफूले गरेको व्यवहारबाट चित्त दुखाएको भए केटाकेटीसँग माफी माग्न पनि सकिन्छ। यसो गर्दा मन हलुका हुन्छ। सानो भइँदैन। बरु उनीहरु नजिक आउन थाल्छन्। 

_x000D_ _x000D_

यसरी मायालु वातावरणमा कुराकानी हुन थालेपछि सबल र दुर्बल पक्ष पत्ता लगाएर आवश्यकताअनुसार उनीहरुलाई सहयोग गर्न सकिन्छ। शारीरिक र मानसिक रुपमा आइरहेको परिवर्तनका कारण उनीहरुलाई सम्झाउन बुझाउन सजिलो त पक्कै छैन। कम्ता रिस उठाउँछन् र कहिलेकाहिँ। तर पनि उनीहरुलाई के समस्या परेको छ? भनेर धीरतापूर्वक बुझ्ने प्रयास गर्नैपर्छ। हुर्कंदै गरेका वा किशोरावस्थाका बालबालिकासँग कसरी व्यवहार गर्ने भनेर हामीले सिक्नैपर्छ। त्यसैले छोराको स्कुलमा हुने अभिभावक शिक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन थालेकी छु। 

_x000D_ _x000D_

त्यसो त हामीलाई आमाबुबा महान हुन् भनेर भनिँदै सुनाइँदै आएको छ। जन्म दिएपछि हुर्काउनु त आमाबुबाको कर्तव्य नै हो। तर बाल्यकालमा जसले केटाकेटीको भावना बुझ्छन्, सुखद बालापनको अनुभूति दिलाउँछन्, तिनै साँचो अर्थमा अभिभावक हुन्। सकारात्मक वातावरण बनाइदिएर आफ्ना सन्तानलाई उनीहरुको क्षमतामा विश्वास गर्न सिकाउने नै असल आमाबुबा हुन्।

_x000D_ _x000D_

गल्ती कमजोरी बर्बादीको शुरुवात् होइन, यसबाट सिक्दै जीवनमा अघि बढ्न सकिन्छ भन्ने विश्वास केटाकेटीमा जगाउने अभिभावक नै महान् हुन्। यस्तो अनुभव संगाल्न पाए तिनले पनि तिनका केटाकेटीलाई त्यस्तै व्यवहार गर्न सिक्छन्। यसका लागि हामीले बाल्यकालमा उनीहरुमाथि भावनात्मक रुपमा प्रशस्तै लगानी गर्नुपर्छ। यसो ग¥यौं भने मात्र आर्थिक लगानीको प्रतिफल आउँछ ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  २१:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु
सम्बन्धित सामग्री
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीले देशमा आपतकाल घोषणा गर्दै भारतलाई खुला जेलजस्तै अवस्थामा पुर्‍याइन्। आखिर आपतकाल कसरी घोषणा भ... शनिबार, साउन ९, २०८३
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन रावणका दश शिरलाई धेरैले मानवका दश अवगुणको प्रतीक मान्छन्। ती हुन्, काम, क्रोध, लोभ, मोह, मद (घमण्ड), मत्सर, अहंकार, स्वार्थ, अन्याय... सोमबार, असार २९, २०८३
नेपालको राजनीतिमा जवाफदेहिताको संकट फरक समय, फरक दल र फरक पात्र भए पनि विवादको व्यवस्थापन गर्ने तरिका भने आश्चर्यजनक रूपमा समान देखिन्छ। आरोप लाग्ने, छानबिन समिति बन्ने... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
एमबीएस प्रश्नपत्र सार्वजनिक गर्ने आरोपमा एक जनाको नाम सार्वजनिक, सीआईबीको अनुसन्धान जारी आइतबार, साउन १०, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सरकार र डा. गोविन्द केसीका प्रतिनिधिबीच वार्ता सुरु आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कक्रोज जनता पार्टीको आन्दोलन समाप्त शनिबार, साउन ९, २०८३
पूर्वाधारमन्त्री र राजदूतले गाडी चलाएर पहिलो सुरुङमार्ग उद्घाटन गर्ने, यस्तो छ कार्यक्रम तालिका आइतबार, साउन १०, २०८३
भारतमा धर्मेन्द्र प्रधानले राजीनामा दिएपछि जोशीलाई शिक्षा मन्त्रालयको जिम्मेवारी आइतबार, साउन १०, २०८३
तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने आइतबार, साउन १०, २०८३
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा आइतबार, साउन १०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
अल्टिमेटम दिँदै इतर पक्षले तय गर्‍यो राष्ट्रिय भेलाको मिति बुधबार, साउन ६, २०८३
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ शुक्रबार, साउन ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्