काठमाडौं– युक्रेनको सीमामा हिरासतमा परेका दुई नेपाली नागरिक उद्दार गरिएको छ।
रौतहटका जय प्रकाश साह र बाग्लुङ्गका सन्देश केसीलाई जर्मनीस्थित नेपाली दूतावासको समन्वय तथा सक्रिय पहलमा उद्धार गरी आज अपरान्ह स्वदेश फर्काइने परराष्ट्र मन्त्रालयले जनाएको छ।
उद्धार कार्यमा नेपाल सरकार, परराष्ट्र मन्त्रालय, नेपाली दूतावास बर्लिन तथा युक्रेनको State Border Guard Service को सहकार्य उल्लेखनीय रहेको मन्त्रालयले जनाएको छ। 'यस उद्धारमा नजिकबाट सहयोग गर्ने गैर-आवासीय नेपाली संघ (NRNA) जर्मनी तथा अन्य सम्बन्धित निकाय, व्यक्ति एवं सरोकारवालाप्रति मन्त्रालय हार्दिक आभार प्रकट गर्दछ', मन्त्रालयले भनेको छ।
परराष्ट्र मन्त्रालय सबै नेपाली नागरिकहरूलाई वैदेशिक यात्रा गर्दा सम्बन्धित मुलुकको अध्यागमन, आव्रजन तथा अन्य प्रचलित कानुनहरूको पूर्ण पालना गर्न हार्दिक अनुरोध गरेको छ। यस्ता कानुनी उल्लङ्घन वा बेवास्ता गर्दा गिरफ्तारी, हिरासत, कानुनी कारबाही तथा जीवन जोखिममा पर्ने सम्भावना रहने भएकाले सावधानी अत्यावश्यक रहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।