• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

बालबालिकासम्बन्धी विधेयकविरुद्ध युवाहरू आन्दोलित, किन च्यातियो विधेयक र ब्यानर?

64x64
नेपाल लाइभ बुधबार, असोज २४, २०७५  ०८:३४
1140x725

काठमाडौं– राष्ट्रिय सभागृहमा 'बालिका सम्मेलन' चल्दै थियो। केही युवा कार्यक्रम भइरहेको अवस्थामा हलभित्र छिरे। एकाएक 'बालबालिका सम्बन्धी विधेयक २०७५' च्यातचुत पार्न थाले। भिडियो सामाजिक सञ्जालमा भाइरल भयो। 

_x000D_ _x000D_

विधेयक च्यातिदिएपछि गएको असोज १४ गतेको उक्त कार्यक्रम नै स्थगित भएको घोषणा आयोजकले गर्‍यो। कार्यक्रममा हस्तक्षेप गरी विधेयक च्यात्नेमा थिए, बालअधिकारका लागि राष्ट्रिय अभियानका युवाहरु।

_x000D_ _x000D_

गत शुक्रबार पनि काभ्रेको धुलिखेलमा भएको अन्तर्राष्ट्रिय बालिका सम्मेलनमा तिनै युवाले हस्तक्षेप गर्दै आयोजक संस्थाको लोगो भएको ब्यानर नै च्यातिदिए (पढ्नुस् समाचार- कार्यक्रम हलमै पुगेर युवाहरूको हस्तक्षेप, ब्यानर काट्दै दिए चेतावनी)। उनीहरुले एनजिओ/आइएनजिओको गलत प्रवृत्तिविरुद्ध चेतावनी दिँदै बालिका सुरक्षाको आवाज उठाएका थिए। 

_x000D_ _x000D_

किन च्यातियो विधेयक?
_x000D_ बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले असोज १४ गते राष्ट्रिय सभागृहमा दोस्रो राष्ट्रिय बालिका सम्मेलन आयोजना गरेको थियो। राष्ट्रिय बालिका सम्मेलन भनिए पनि हलमा बालिकाको संख्या निकै कम देखिन्थ्यो भने सरकारी विद्यालयबाट उपस्थिति पातलो थियो।

_x000D_ _x000D_

_x000D_ _x000D_

औपचारिक कार्यक्रममा प्यानल डिस्कसन भइरहेको थियो। सोही क्रममा बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालले आयोजकतर्फ प्रश्न गरे, ‘२०१६ मा भएको रिपोर्टले १८ वर्षमा ९३ केस मात्र बालविवाह विरुद्ध दर्ता भए, यो दुई वर्षबीचमा कति बालविवाह बढे? हरेक वर्ष सम्मेलनमा समस्या मात्र सुनाउने?’

_x000D_ _x000D_

उनको अर्को प्रश्न थियो, ‘निर्मला पन्तको केस बोकेर कुन एनजिओ/आइएनजिओ  मन्त्रालय पुगे?’

_x000D_ _x000D_

अर्का अभियन्ता धीरज बस्नेतले पनि एनजिओ/आइएनजिओको गलत प्रवृत्तिबारे प्रश्न गरेका थिए। सोही समयमा आयोजकको तर्फबाट माइक काटियो। आफूहरू बालबालिकाको न्यायको लागि आवाज उठाउँदै आएको र आयोजकले स्वतन्त्रतापूर्वक प्रश्न राख्न नदिएको भन्दै आक्रोशित उनीहरूले बाल अधिकार सम्बन्धी विधेयक च्यातिदिए। 

Ncell 2
Ncell 2
_x000D_ _x000D_

कार्यक्रमको प्रमुख अतिथि रक्षामन्त्री ईश्वर पोखरेल बाहिरिएलगत्तै उक्त घटना भएको थियो। 

_x000D_ _x000D_

बालिका सम्मेलनको औचित्व के?
_x000D_ नेपालले सन् २०१४ मा बेलायतमा भएको पहिलो किशोरी सम्मेलनमा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता जनाएको थियो। सोही प्रतिबद्धता अनुरुप २०१६ मा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले बालविवाहलाई निरुत्साहित गर्न एकदिने बालिका सम्मेलन गर्‍यो।

_x000D_ _x000D_

बालिका सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी थिइन् भने विशिष्ट अतिथि थिए, बेलायती राजकुमार हेनरी चार्ल्स अल्बर्ट डेबिड ह्यारी। सो सम्मेलनमा २०२० सम्ममा बालविवाह अन्त्य गर्ने प्रतिबद्धता गरिएको थियो। सोही सम्मेलनबाट बालविवाहलाई सामाजिक अपराधको रुपमा विकास गर्दै लैजाने, युवालाई रचनात्मक तवरले बालविवाह अन्त्य गर्न लगाउने, छोरालाई बढी सहभागी गराउने, सरकारी निकायबीचको अन्तरसम्बन्ध सुदृढ गराउने, बालविवाह रोक्न सरोकारवाला निकायबीच प्रतिबद्धता जनाउने उल्लेख गरिएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

तर, दोस्रो सम्मेलन २०१८ मा आइपुग्दासमेत बालविवाहको संख्यामा उल्लेख्य कमी नआएको अभियन्ता प्रविन सिलवाल बताउँछन्। दुई वर्षअघिकै समस्या देखाएर दोस्रो सम्मेलन पनि सक्ने उद्देश्य हुनाले यसको औचित्व नभएको उनको भनाइ छ। अर्का अभियन्ता जोशी भने एनजिओ र आइएनजिओले बालबालिकाको नाममा डलरको खेती गरेको आरोप लगाउँछन्। 

_x000D_ _x000D_

'बालबालिकाको अहितमा ऐन'
_x000D_ बालश्रम (निषेध र नियमित गर्ने) ऐन २०५६ मा १६ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन नपाउने भनेर उल्लेख गरिएको थियो। तर, २०७५ मा संशोधन भएर आएको विधेयक भने बालबालिकाको अहितमा भएको भन्दै यसका अभियन्ता आक्रोशित बनेका हुन्। 

_x000D_ _x000D_

संशोधित विधेयकको दफा ७ को उपदफा ९ मा १४ वर्षमुनिका बालबालिकालाई जोखिमपूर्ण काममा लगाउन तथा घरेलु कामदार वा कमलरीको रुपमा हेर्नु हुँदैन भन्ने उल्लेख छ। यसले श्रमका लागि न्यूनतम उमेर १४ वर्ष तोकेको बुझिन्छ। 

_x000D_ _x000D_

_x000D_ _x000D_

न्यूनतम उमेर १४ भएकै कारण विधेयक बालबालिकाको हितविपरीत भएको बाल अधिकारका लागि राष्ट्रिय अभियानका संयोजक प्रविन सिलवालको भनाइ छ। ‘यो अन्तर्राष्ट्रिय बालअधिकार महासन्धी १९८९, नेपालको सविंधान २०७२ र आइएलओ महासन्धी विपरीत देखिएको छ,’ उनले भने, 'विधेयक नसच्चिएसम्म हामी लडिरहनेछौं।'

_x000D_ _x000D_

त्यसैगरी विधेयकको दफा ४८ मा विशेष संरक्षणको आवश्यकता भएका बालबालिका भनी सूचिकृत गरिएको छ। जहाँ श्रमिक बालबालिकालाई समेत राखिएको छ। तर दफा ४९ मा वैकल्पिक हेरचाहको व्यवस्था राखिएको छ। जहाँ श्रमिक बालबालिकाले वैकल्पिक हेरचाह नपाउने व्यवस्था छ। दफा ६९ ले संरक्षणको आवश्यकता परेका बालबालिकालाई बाल आश्रममा बस्न पाउने भनी आशा देखाएपछि यो प्रक्रियालाई अत्यन्तै झन्झटिलो बनाएको छ। 

_x000D_ _x000D_

सरकारले २०६१ देखि २०७१ मा देशबाट नै बालश्रम उन्मूलन गर्ने भनेर योजना थाल्यो। तर, कुनै पनि समीक्षा बैठक बस्न नसकेको र रिपोर्ट बाहिर नआएको संयोजक सिलवाल बताउँछन्।

_x000D_ _x000D_

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सह–सचिव  वीर बहादुर राईले पनि बालश्रम ऐनको विधेयक संशोधन भएर पनि त्रुटिपूर्ण रुपमा आएको बताए। नेपाल लाइभसँगको कुराकानीमा सह–सचिव राईले भने, ‘हामीले अपेक्षा गरेको भन्दा फरक किसिमले विधेयक आइदियो। विधेयकमा भएको त्रुटिलाई सच्याउनुपर्छ, यसमा हामी ध्यानाकर्षण गर्छौं।’

_x000D_ _x000D_

यसरी वर्षौं गुरुयोजना बनाएर बालबालिकाको नाममा अर्बौं पैसा खाने प्रयास भएको अभियन्ता धीरज जोशीको आरोप छ। 'पछिल्लो समय २०७५ देखि २०८५ सम्ममा बालश्रमिक हटाउने भनेर सरकारले गुरुयोजना बनाए पनि यसको बलियो प्रमाण देखिन्न,' उनले भने।

_x000D_ _x000D_

युवा अभियन्ताको आन्दोलन किन?
_x000D_ प्रविन सिलवाल संयोजक रहेको बाल अधिकारका लागि राष्ट्रिय अभियानमा बाल अधिकारको निम्ति आवाज उठाउने देशभरका युवाहरू छन्। जहाँ पूर्व श्रमिक बालबालिका पनि सदस्य छन्। अभियानले २०७२ सालदेखि नै बालश्रमविरुद्ध आवाज उठाउँदै आइरहेको छ। एनजिओ/आइएनजिओको गलत प्रवृत्तिप्रति खबरदारी गर्दै अभियन्ताहरूले बालश्रमको विषयमा सरकारलाइ ध्यानाकर्षण गराइरहेका छन्। सडक बालबालिका तथा बाल श्रमिकको उद्धार गरी उनीहरूको पुनर्स्थापना  गरिनुपर्ने र बालश्रम ऐनमा भएको त्रुटि तत्कालै सच्याइनुपर्ने उनीहरूको माग छ। 

_x000D_ _x000D_

युवाहरूको संलग्नतामा अभियानले नै गतवर्ष मंसिर ४ गते अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा १० जनाबालबालिकाको हरिहर भवनबाट उद्धार गरेको थियो। 

_x000D_ _x000D_

मुलुकी संहिता आएसँगै बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कानुनमन्त्री भानुभक्त ढकाल, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना, सांसद बाबुराम भट्टराई, गगन थापा लगायतलाई भेटेर मुलुकी ऐनमा रहेको त्रुटि सच्याउन माग गर्दै अभियानले ध्यानाकर्षणपत्र बुझाएको थियो। 

_x000D_ _x000D_

_x000D_ _x000D_

‘संशोधन हुने विधेयकमा सबै समेटिएर आउँछ भनी सबैले आश्वासन दिए, तर बालश्रमलाई प्रश्रय दिनेगरी विधेयक पारित भयो,’ अभियानका अर्का अभियन्ता राजाराम बस्नेतले भने। उक्त विधेयक राष्ट्रियसभाबाट पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीले गत असोज २ गते प्रमाणीकरण गरिसकेकी छन्।

_x000D_ _x000D_

आफूहरुले ध्यानाकर्षण गराउँदा पनि सम्बन्धित मन्त्रालय मौन बसेको उनीहरूको आरोप छ। मन्त्रालयका सह सचिव राई भन्छन्, ‘सबैको प्रस्तुतिको शैली फरक हुन्छ। उनीहरूको माग सकारात्मक छ। आक्रोशमा आउनु चाहिँ राम्रो होइन।’ उनीहरू नम्र भएर आए यस विषयमा छलफल गर्न सकिने उनी बताउँछन्।

_x000D_ _x000D_

'एनजिओ/आइएनजिओको विरोध होइन'
_x000D_ सन् १९९० सेप्टेम्बर १४ मा नेपालले बालअधिकार महासन्धिमा हस्ताक्षर गर्‍यो। तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले उक्त सन्धिमा सहमति गरेका थिए। अन्तर्राष्ट्रिय महान्धिमा हस्ताक्षर गरेयता नै नेपालमा एनजिओ र आइएनजिओको संख्या उल्लेख्य बढेको छ। तर, प्रतिफल भने देखा नपरेको अभियन्ताहरु गुनासो गर्छन्।

_x000D_ _x000D_

‘हामी एनजिओको विरोधमा होइनौं, उनीहरूको कामप्रति असन्तुष्टि हो,’ अभियन्ता जोशीले भने, ‘एउटै प्रकृतिको काम एकीकृत ढंगबाट हुनुपर्छ।’ सरकारले ठोस योजना बनाएर एनजिओ परिचालन गर्न नसकेको उनी बताउँछन्। नेपालमा भएका एनजिओहरू विदेशी लगानीबाट परिचालित हुने, आफ्नो स्वार्थ पूरा गर्ने र पार्टीको इसारामा चल्ने भएकाले वास्तविक बालबालिकाको समस्याप्रति संवेदनशील नभएको उनीहरूको ठहर छ।

प्रकाशित मिति: बुधबार, असोज २४, २०७५  ०८:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चुनावअघि विशेष महाधिवेशन गर्न ज्ञानेन्द्रबहादुर कार्कीको प्रस्ताव मंगलबार, कात्तिक २५, २०८२
सिँचाइ र ऊर्जाका १६ आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत मंगलबार, कात्तिक २५, २०८२
जेन–जी आन्दोलनपछि क्षतिग्रस्त महत्वपूर्ण संरचनाको पूननिर्माण दुई महिनापछि सुरु गर्छौ: अर्थमन्त्री खनाल मंगलबार, कात्तिक २५, २०८२
मधेश सरकार गठनविरुद्ध सर्वोच्चमा रिट दर्ता मंगलबार, कात्तिक २५, २०८२
दिल्ली कार विस्फोट: फरेन्सिक टोलीद्वारा गहिरो अनुसन्धान सुरु मंगलबार, कात्तिक २५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्