बेइजिङ– चीनको भ्रमणमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनबिच द्विपक्षीय बैठक सुरु भएको छ।
बैठकमा पुटिनले किम जोङ उनलाई उनीहरूको सम्बन्ध मैत्रीपूर्ण रहेको बताए। उत्तर कोरियाली सेनाले कुर्स्क क्षेत्रलाई मुक्त गर्न मद्दत गरेको उनको भनाइ थियो।
‘उत्तर कोरियाली सैनिकहरूले त्यहाँ बहादुरीपूर्वक लडे’ पुटिनले किमलाई भने। यो बैठक दियाओयुताई स्टेट गेस्टहाउसमा भइरहेको छ। चीन भ्रमणका क्रममा पुगेका विदेशी राष्ट्र प्रमुखहरूलाई यही गेस्ट हाउसमा स्वागत गरिन्छ।
यसअघि पुटिन र किमले बचीनको विजय दिवस परेडको क्रममा पनि एक अर्कालाई भेटेका थिए। यी दुई नेताहरूसँग चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।