काठमाडौं– सूडानमा भूक्षयका कारण कम्तिमा एक हजार जनाको मृत्यु भएको छ।
सूडानको विद्रोही संगठन सूडान लिबरेशन मुभमेन्ट/आर्मीले पश्चिमी क्षेत्रमा भूक्षयका कारण उक्त क्षति भएको जानकारी दिएको हो।
यो घटना पश्चिमी सूडानको मर्रा पर्वतस्थित ग्रामीण क्षेत्रमा भएको हो। उक्त संगठनका अनुसार लगातार कैयौं दिनसम्म भएको भारी वर्षाका कारण ३१ अगस्टमा यो भूक्षय गएको थियो।
तारासिन गाउँको ठूलो क्षेत्र भासिएको र उक्त गाउँमा एक जना मात्र जिवित रहेको विद्रोही संगठनले जनाएको छ। संयुक्त राष्ट्र संघ, अन्य क्षेत्रीय र अन्तर्राष्ट्रिय संगठनहरुसँग सहयोगको अपिल गरिएको छ।
भूक्षय भएको क्षेत्र सुडान लिबरेशन मुभमेन्ट/आर्मीको नियन्त्रणमा रहेको छ। यसो संगठन सूडानक सेनासँग मिलेर अर्धशैनिक र्यापिड फोर्सेस (आरएसएफ)विरुद्ध लडाइँ लडिरहेको छ। युद्धका कारण उत्तर दारफूर राज्यका कैयौं स्थानीयले मर्रा पर्वत क्षेत्रमा शरण लिएका थिए।
सन् २०२३ अप्रिलमा सूडानको सेना र आरएसएफबीच सुरु भएको गृहयुद्धले देशमा भोगमरी निम्त्याएको थियो र पश्चिमी दारफूर क्षेत्रमा जनसंहार भएको आरोप लागेको थियो।
गृहयुद्धमा मर्नेको संख्या भिन्न भिन्न बताइँदै आएको छ। तर एक अमेरिकी अधिकारीले गतवर्ष सन् २०२३ देखि एक लाख ५० हजारभन्दा धेरै मारिएको दाबी गरेका थिए। उक्त युद्धका कारण एक रोड २ लाख बढीले आफ्नो थातथलो छाडेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।