लभिभ– युक्रेनको संसदका पूर्व अध्यक्ष तथा नेता एन्ड्री परुबीको लभिभ शहरमा गोली हानी हत्या गरिएको छ । शनिबार उनको हत्या भएको युक्रेनी अधिकारीहरुले बताएका छन् ।
प्रहरीका अनुसार पश्चिमी युक्रेनको लभिभमा शनिबार दिउँसो फाइरिङ भएको सूचना प्राप्त भएको थियो । सुरुवाती रिपोर्ट्सहरुमा ई बाइकमा आएका एक आक्रमणकारीले परुबीलाई कैयौं गोली प्रहार गरेर फरार भएको दाबी गरिएको छ ।
५४ वर्षीय परुबी २०१४ मा भएको आन्दोलनका क्रममा युक्रेनका प्रमुख नेताका रुपमा उदायका थिए । उक्त आन्दोलनले युरोपियन संघसँग निकट सम्बन्धबारे वकालत गरेको थियो । त्यसपछि नै रुस समर्थक तत्कालीन राष्ट्रपति भिक्टर यानुकोभिच सत्ताबाट बाहिरिएका थिए ।
राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले यस घटनालाई निर्मम हत्याका रुपमा टिप्पणी गर्दै समवेदना प्रकट गरेका छन् । उनले परूबीका परिवार र समर्थकप्रति समवेदना प्रकट गरेका छन् ।
नेशनल पुलिस, लभिभव रिजनल पुलिस र सेक्यूरिटी सर्भिसले जाँच सुरु गरेको छ । उनको हत्यामा कसको संलग्नता रहेको छ भन्ने अहिलेसम्म खुलेको छैन ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।