काठमाडौं– गाजा शहरलाई ‘खतरनाक युद्ध क्षेत्र’ घोषणा गरिएको छ। शुक्रबार इजरायलले उक्त घोषणा गरेको हो। साथै इजरायलले अब गाजामा सैन्य गतिविधिमा कुनै सामरिक रोकावट नहुनेसमेत जनाएको छ।
गत महिना गाजामा बिग्रँदो मानवीय संकट, भोकमरी र अन्तर्राष्ट्रिय दबाबका कारण इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले दैनिक १० घण्टा आक्रमण रोकेको थियो।
तर अब भने उक्त क्षेत्रलाई ‘खतरनाक युद्ध क्षेत्र घोषणा’ गर्दै सैन्य गतिविधिमा कुनै रोकावट नहुने जनाएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले उल्लेख गरेको छ।
यस महिनाको सुरुवातमै इजरायली सुरक्षा परिषद्ले गाजामा पूर्ण नियन्त्रण र कब्जा गर्ने अनुमति आईडीएफलाई दिएको थियो। त्यसबेला नै शहरको मध्य क्षेत्रमा कुनै सहायता वितरण नहुने स्पष्ट पारिएको थियो, ताकि भोजनको खोजीमा त्यहाँका स्थानीय शहर छाडेर बाहिरिनुपर्ने बाध्यात्मक अवस्था उत्पन्न होस्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।