काठमाडाैं– बडा दसैंको अवसरमा अमेरिकाको भर्जिनियामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। कलिउड नाइट २०१८ नाम दिइएको उक्त कार्यक्रममा नेपाली कलाकारहरुको प्रस्तुति रहने छ।
_x000D_
_x000D_
यही असोज २७ गते शनिबार हुन लागेको सो सांस्कृतिक कार्यक्रममा सरोज खनाल, किरणप्रताप केसी, रिमा केसी लगायतका कलाकारले नाटक प्रस्तुत गर्ने र विभिन्न गायक गायिकाको सांगीतिक प्रस्तुति रहने छ।
_x000D_
_x000D_
आयोजक समूहका सदस्य परसु तिमल्सिनाका अनुसार उक्त कार्यक्रमको कोरियोग्राफी नवीन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठले गर्नेछन्। कार्यक्रम केसी डान्स सेन्टरले आयोजना गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।