कोलम्बो – श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमसिंघे पक्राउ परेका छन्।
उनलाई शुक्रबार नियन्त्रणमा लिइएको हो।
विक्रमसिंघे राष्ट्रपति हुँदा लन्डनको व्यक्तिगत भ्रमणको लागि राज्य कोषको दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको श्रीलंकन मिडिया डेलिमिररले उल्लेख गरको छ।
पूर्वराष्ट्रपति विक्रमसिंघे शुक्रबार वित्तीय अपराध जाँच विभागमा बयानका लागि पुगेका थिए। सोही क्रममा उनलाई नियन्त्रणमा लिइएको हो।
यस विषयमा विस्तृत विवरण आउनेक्रममा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।