एजेन्सी– गाजा शहरबाट ठूलो संख्यामा प्यालेष्टिनी भाग्न थालेका छन्।
इजरायली सेनाले गाजा कब्जामा लिने कारबाही सुरु गरेपछि प्यालेस्टिनीहरू सहर छाडेर भागिरहेको सहरका अधिकारीहरूले बताएका छन्।
इजरायली सेनाले सहरको बाहिरी हिस्सामा पाइला राखिसकेका छन्। कयौँ दिनदेखि भारी बमवारि र गोलाबारुद प्रहारपछि इजरायली सेनाले हालै जैतुन र जबालिया क्षेत्रमा सैनिकहरू तैनाथ गरेका थिए।
यसैबीच, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले गाजामा तत्काल युद्धविरामको लागि आफ्नो अपिल दोहोर्याएका छन्। यो सैन्य कारबाहीले मृत्यु र विनाश निम्त्याउने निश्चित भएको अनि यसलाई रोक्न निकै जरुरी भएको गुटेरेसले भनेका थिए।
गाजाका अधिकारीहरूका अनुसार, दस लाखभन्दा बढी मानिसहरू बसोबास गर्ने यो क्षेत्र पहिले नै धेरै दिनदेखि भारी बमवारि सामना गरिरहेको छ।
समाचार एजेन्सी रोयटर्सका अनुसार हमासले इजरायलमाथि युद्धविराम सम्झौतामा बाधा पुर्याएको र 'निर्दोष नागरिकहरू विरुद्ध बर्बर युद्ध जारी राखेको' आरोप लगाएको छ। यद्यपि विश्वव्यापी आलोचनाका बिच इजरायलले आफ्नो कारबाहि चलाएको हो।
गाजा पट्टीको उत्तरी क्षेत्रस्थित गाजा शहरमा लाखौं प्यालेस्टिनी नागरिक रहँदै आएका छन्। युद्धअघि सबैभन्दा धेरै बसोबास रहेको शहर हो यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।