काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) झिनो अंकले गिरावट भएको छ।
यसअघि मंगलबार १० अंकले बढेर बन्द भएको थियो।
बुधबार सेयर बजार परिसूचक ९.७० अंकले गिरावट हुँदै २७७० को विन्दुमा बन्द भएको हो। सेयर बजार गिरावट भएसँगै कारोबार रकमसमेत खुम्चिएको छ।
आज सेयर बजारमा जम्मा पाँच अर्ब बराबरको सेयर कारोबार भएको हो। मंगलबार झण्डै ६ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।
सेयर बजारमा आज ५९ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। आज दुई कम्पनीको सेयर मूल्य स्थिर बनेको छ।
होटल तथा पर्यटन समूह सबैभन्दा २.०३ प्रतिशत बढ्यो भने व्यापार सबैभन्दा धेरै १.०६ प्रतिशत घट्यो। बाँकी सबै समूहको गिरावट दर १ प्रतिशत मुनि रह्यो।
बैंकिङ ०.१९, विकास बैंक ०.७६, फाइनान्स ०.५३, हाइड्रोपावर ०.५८, लगानी ०.३९, जीवन बीमा ०.३२, उत्पादन तथा प्रशोधन ०.६७, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.५८ र अन्य ०.१० प्रतिशत घटे।
आजदेखि कारोबारमा आएको विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो। सो वृद्धिपछि कम्पनीको मूल्य प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ।
त्यस्तै चन्द्रागिरि हिल्सको ७.४२, सगरमाथा जलविद्युत् कम्पनीको ३.८४, विन्ध्यबासिनी हाइड्रोपावरको ३.७४ प्रतिशत मूल्य बढ्यो।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत घट्यो। त्यस्तै अपर स्याङ्गे हाइड्रोपावरको ४.६, अपर हेवाखोलाको ३.४, युनाइटेड इदी मर्दीको मूल्य ३.०९ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर र राधि विद्युत् क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।