काठमाडौं– नेकपाका सांसद रामवीर मानन्धरले आफूले प्रतिनिधिसभा सदस्यबाट पार्टीलाई राजीनामा बुझाइसकेको बताएका छन्। बाँकी काम पार्टीले निर्णय गर्ने उनले बताए।
_x000D_
_x000D_
'भोलि पार्टीको सचिवालय बैठक बस्दैछ', नेपाल लाइभसँगको कुराकानीमा मानन्धरले भने, 'सायद त्यसले मेरो राजीनामा बारे अन्तिम निर्णय लिनेछ।'
_x000D_
_x000D_
गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा चुनावमा उनी काठमाडौं ७ बाट विजयी भएका थिए। उनले कांग्रेस र राप्रपाका साझा उम्मेदवार विक्रम थापालाई ८ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
_x000D_
_x000D_
पार्टीकै सचिवालय सदस्य वामदेव गौतमले प्रतिनिधिसभा सदस्य बन्ने प्रयास गरेपछि मानन्धरले राजीनामा दिन थालेका हुन्।
_x000D_
_x000D_
गौतमले केही महिनायता आफूलाई सांसद बनाउन सचिवालय बैठकमा निरन्तर छलफल गराइरहेका छन्। पार्टीभित्रको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र उनी पक्षका नेताहरुले भने असहमति राखिरहेका थिए। गौतमले विभिन्न जिल्लाका सांसदहरुलाई फिर्ता बोलाउन पहल गरिरहेका पनि थिए। तर उनलाई ती सहयोगी भएनन्। अन्तिममा, मानन्धरलाई फिर्ता बोलाएर गौतम भित्र्याउन अर्का अध्यक्ष प्रचण्ड पनि सक्रिय भएपछि नयाँ परिस्थिति सिर्जना भएको हो।
_x000D_
_x000D_
प्रचण्डले सोमबारको सचिवालय बैठकमा मानन्धरको लिखित सहमतिपत्र पढेर सुनाएका थिए। उनले गौतमलाई सांसद बनाउने प्रस्ताव पनि राखेका थिए। तर, अर्का सचिवालय सदस्य ईश्वर पोखरेलले खराब प्रथा हुने भन्दै विरोध गरेका थिए।
_x000D_
_x000D_
राजीनामा दिन सहमति जनाउनुअघि मानन्धरले राष्ट्रियसभा सदस्य र मन्त्री बनाउनुपर्ने सर्त राखेका बताइएको छ।
_x000D_
_x000D_
मानन्धरले मंगलबार बेलुका ४ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा औपचारिक धारणा सार्वजनिक गर्ने बताएका छन्।
_x000D_
_x000D_
गौतम गत चुनावमा बर्दिया-१ बाट पराजित भएका थिए। उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग ७ सयभन्दा बढी मतले पराजित भएका थिए। तर उनले आफू पराजित हुनाको कारण अन्तर्घात भएको बताउँदै आएका छन्।
_x000D_
_x000D_
गौतमले यसअघि डोल्पाबाट सांसद बन्ने प्रयास गरेका थिए। तर त्यहाँबाट विजयी सांसद धनबहादुर बुढालाई कार्यकर्ताले राजीनामा नगर्न दबाब दिएका थिए। त्यसपछि पनि उनले दैलेख, बाँके लगायतका कुनै जिल्लाबाट चुनाव जितेर सांसद बन्ने प्रयास गरिरहेको चर्चा भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।