काठमाडौं– मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बढेर बन्द भएको छ।
यसअघि सोमबार पनि सेयर बजार झिनो अंकले बढेको थियो।
नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको छ। सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ।
कारोबारका क्रममा दिउँसो साढे १ बजे नेप्से २७९६ अंकसम्म पुगेको थियो।
सेयर बजारमा बढे पनि कारोबार रकम खुम्चिएको छ।
आज सेयर बजारमा जम्मा पाँच अर्ब ६३ करोड बराबरको सेयर कारोबार भएको हो। सोमबार झण्डै ७ अर्ब मूल्य बराबरको सेयर कारोबार भएको थियो।
१४२ कम्पनीको मूल्य बढ्दा १०७ को घट्यो।
सबै समूहका सूचक बढेका छन्, यद्यपि वृद्धिदर सबैको १ प्रतिशतभन्दा कम रह्यो। बैंकिङ ०.४०, विकास बैंक ०.२०, फाइनान्स ०.०२, होटल तथा पर्यटन ०.०५, हाइड्रोपावर ०.१६, लगानी ०.२१, जीवन बीमा ०.२५, उत्पादन तथा प्रशोधन ०.४६, माइक्रोफाइनान्स ०.१२, निर्जीवन बीमा ०.११, अन्य ०.०९ तथा व्यापार समूह ०.१८ प्रतिशत बढे।
सान्भी इनर्जीको मूल्य सबैभन्दा धेरै ६.९८ प्रतिशत बढ्यो। त्यस्तै पियोर इनर्जीको ६.०९, इस्टर्न हाइड्रोपावरको ४.५८, सिटी होटलको ३.५८, बुटवल पावरको ३.२२ तथा उन्नति सहकार्य लघुवित्तको ३.१३ प्रतिशत मूल्य बढ्यो।
नारायणी डेभलपमेन्ट बैंकको मूल्य सबैभन्दा धेरै ६.१४ प्रतिशत घट्यो। युनाइटेड मोदी हाइड्रोपावरको ४.१८ तथा युनियन हाइड्रोपावरको २.७२ प्रतिशत घट्यो।
आज धेरै कारोबार भएका कम्पनीमा युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन डिस्टिलरी, राधि विद्युत्, बुटवल पावर र माउन्टेन इनर्जी क्रमशः अगाडि रहे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।