काठमाडौं– भुटानमा हुन लागेको साफ यू–१७ महिला च्याम्पियनसिप खेल्न जाने यू–१७ राष्ट्रिय महिला टिमलाई विदाई गरिएको छ।
आइतबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका पदाधिकारीहरुले यू–१७ राष्ट्रिय महिला टिमलाई विदाई गरेका हुन्।
विदाई कार्यक्रममा यू–१७ राष्ट्रिय महिला टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठले गत वर्ष नेपालमै भएको साफ यू–१६ महिला च्याम्पियनसिपको टीम भन्दा अहिलेको यू–१७ टीम राम्रो बनेको बताए।
यू–१७ राष्ट्रिय महिलालाई बलियो बनाउन निकै मेहनत गरेकाले अव उपाधीका साथ फर्कने लक्ष्य लिइएको उनले बताए।
त्यस्तै यू–१७ राष्ट्रिय महिला टिमकी कप्तान भूमिका बुढाथोकीले आफुहरुको प्रशिक्षण निकै राम्रो भएको र अव राम्रो खेल प्रदर्शन गरेर नजिता आफ्नो पक्षमा ल्याउने बताए।
साफ यु–१७ महिला च्याम्पियनसिप यहि अगष्ट २० देखि ३१ सम्म भुटानमा हुनेछ। च्याम्पियनसिपमा नेपाल र भुटानसँगै भारत र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। खेलहरु डबल राउण्ड रोविन लिगको आधारमा हुनेछ। लिग चरणपछि अंक तालिकाको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।