काठमाडौँ– भक्तपुर जिल्ला अदालतले गुण्डा नाइके चक्रे मिलनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
शुक्रबार अदालतले ज्यान मार्ने उद्योग सम्बन्धी मुद्दामा उनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको हो। धरौटी बुझाए लगत्तै उनी रिहा हुनेछन्।
सरकारी वकिलले भक्तपुर जिल्ला अदालतमा पूरक अभियोग दायर गरेको थियो।
२०८१ भदौ १० मा दिव्यश्वरी टाउन प्लानिङ स्थित बड्डाको तावामा उनको योजनामा मनिष रायमाझीमाथि खुकुरी प्रहार भएको आरोप थियो।
त्यसबेला सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर ४ घर भएका २५ वर्षीय खवास गत वर्ष पक्राउ परेर छुटेका थिए। चक्रेको वतन नखुलेपछि मुद्दा विचाराधीन थियो। हाल वतन खुलेपछि बयान लिएर अनुसन्धान प्रतिवेदन पेस गरिएको थियो।
गत वर्षको भदौमा भक्तपुरका बासिन्दा मनिष रायमाझीले सामाजिक सञ्जालमा चक्रेलाई लक्षित गर्दै ‘डुँडे’ भनी होच्याएका थिए। त्यसपछि चक्रे आर्फैँले फोन गरेर रायमाझीलाई धम्क्याएका थिए।
भदौ ४ गते चक्रेका सहयोगी अजित खवाससहितको टोलीले सांघातिक हमला गरेको थियो। सोही घटनापछि रायमाझीले दिएको जाहेरीका आधारमा उनीविरुद्ध मुद्दा चलेको थियो। उक्त जाहेरी भक्तपुर जिल्ला अदालतमा २०८१ असोज ९ गते दर्ता भएको थियो। जाहेरीमा प्रतिवादीका रूपमा पहिलो नाम चक्रेकै थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।