काठमाडौँ– काठमाडौँको मनोहरा जग्गा एकीकृत आयोजना क्षेत्रमा सुकुम्वासी बस्ती हटाउने क्रममा तनाव सिर्जना भएको छ।
अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र काठमाडौँ महानगरपालिकाले बस्तीका संरचनामा डोजर चलाउँदा बस्तीका बासिन्दाले ढुंगामुढा गरेका छन्, जसबाट केही नगर प्रहरी घाइते भएका छन्।
घटनास्थलमा रहेका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन खोज्दा झडपको स्थिति उत्पन्न भएको हो। ‘बस्ती हटाउनुअघि पटक–पटक सूचना दिइएको थियो तर अटेर गरेपछि बल प्रयोग गर्नुपरेको हो,’ उनले भने।
महानगरकाे नगर प्रहरीकाे टाेली सुकुम्बासी बस्तीमा बनेकाे नयाँ बनेका घर टहरा हटाउन डाेजर लिए पुगेका थिए। साेही क्रममा सुकुम्बासी र नगरप्रहरीबीच तनावग्रस्त माहाेल बनेकाे छ।
आक्रोशित भिडले नगरप्रहरी र प्रहरीमाथि आक्रमण गरेको हो। झडप हुन सक्ने सम्भावना भएपछि नेपाल प्रहरीकाे टाेली पनि सँगै गएका थिए। गत साउन ८ गते गाेरखापत्रमा सूचनामा जारी गरेर व्यक्तिकाे जग्गामा बनेकाे संरचना हटाउन ७ दिनकाे समय दिएकाे थियाे। व्यक्तिकाे जग्गामा नयाँ संरचना बनेपछि महानगरले डाेजर चलाएकाे हाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।