काठमाडौं- महानगरीय अपराध महाशाखाले एमबिबिएस प्रवेश परीक्षामा चिट चोर्दै गरेका चार विद्यार्थीलाई पक्राउ गरेको छ।
चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) द्वारा आज सञ्चालित परीक्षामा मोबाइल डिभाइसमार्फत चिट चोरिरहेका विद्यार्थीलाई पक्राउ गरिएको हो।
महाशाखाका एसएसपी दिवेश लोहनीका अनुसार चिट चोराउने गिरोह नै सक्रिय रहेकाले उनीहरुको खोजी भइरहेको छ। पक्राउ परेका विद्यार्थीमार्फत गिरोहका बारेमा जानकारी लिइएकाले अनुसन्धान अगाडि बढाइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।