काठमाडौं –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ।
ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले गर्वका साथ यो घोषणा गरेका हुन्।
ट्रम्पले यस कदमलाई ‘अमेरिकाको सुरक्षा र उद्योगको रक्षा’ का लागि अनिवार्य भनेका छन्। तर आलोचकहरूले यसलाई विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन्।
ट्रम्पको नयाँ ट्यारिफ नीति अमेरिकी इतिहासकै सबैभन्दा कडा संरक्षणवादी नीतिहरूमध्ये एक मानिएको छ। यसको असर केवल अमेरिका वा चीनमा सीमित रहने छैन- सारा विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने सीएनएनले जनाएको छ।
सीएनएनले जारी गरेको नयाँ ट्यारिफ लाग्ने सूचीका देशमा दक्षिण एशियाबाट नेपाल,माल्दिभ्स र भुटानबाहेक सबै परेका छन्। यीमध्ये सबैभन्दा बढी भारतलाई लगाइएको छ। भारतलाई २५ प्रतिशत ट्यारिफ लगाइएको र रुससँग तेल किनिरहेको यो बढेर ५० प्रतिशत पुग्ने चेतावनी ट्रम्पले जनाएका छन्।नेपाललगायतका देशले भने न्यूनतम १० प्रतिशतमात्र भन्सार महसुल तिरे पुग्नेछ।
यस्तो छ नयाँ भन्सार दर:




नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।