काठमाडौँ– भारतको उत्तराखण्डस्थित धरालीमा बादल फाट्दा मृत्यु हुनेको सङ्ख्या पाँच जना पुगेको छ। घटनामा एक सय बढीलाई सुरक्षित स्थानमा उद्धार गरिसकिएको छ।
फाटेको घटनापछि राहत र उद्धार कार्य जारी छ। प्रहरी, प्रशासन, एनडीआरएफ, एसडीआरएफ, आईटीबीपी र सेनाको टोलीले राहत र उद्धार कार्य गरिरहेका छन्।
विपद् नियन्त्रण कक्षबाट पनि स्थितिको निरन्तर निगरानी भइरहेको छ। उत्तराखण्ड प्रहरीका अनुसार ‘धारालीको हर्षिलमा राहत र उद्धार कार्य तीव्र गतिमा भइरहेको छ।
उद्धार टोलीहरूले प्रकोप स्थलबाट १३५ जनालाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ।’ प्रहरीका अनुसार जिल्ला मजिस्ट्रेट उत्तरकाशी, प्रशान्त आर्य र प्रहरी अधीक्षक उत्तरकाशी, सरिता डोबलले विपद् प्रभावित क्षेत्रहरूको निरन्तर अनुगमन र निरीक्षण गरिरहेका छन्। विपद् प्रभावित क्षेत्रमा थप कर्मचारी पठाउने प्रयास भइरहेको पनि बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।